gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

भारतमा अलपत्र गुल्मीकी १७ बर्षिया किशोरीको उद्दार, उनलाई बेच्न लगिएको खुलासा

गुल्मी । भारतको चण्डीगढवाट एक १७ वर्षिय युवतीको उद्धार गरिएको छ । गुल्मी रिडी घर बताउने पुजा थापा नाम परिवर्तनको उद्धार गरिएको हो ।

किशोरीलाई माघ १३ गतेको दिन भारतको मुल प्रवाह अखिल भारत नेपाल एकता समाज नगर समिती चण्डीगढ अन्तर्गत मोहाली एरीयामा अलपत्र अवस्थामा उद्धार गरीएको थियो । उद्धार पश्चात निज चेलीलाई बिगत १० बर्ष देखि मानब बेचबिखन तथा लैंङ्गिक हिंसा बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको संस्था के.आई. नेपालले संरक्षणमा लिएको छ । संरक्षण पश्चात सोधपुछको क्रममा निज चेलीको केहि बर्ष अगाडी दुर्घटनामा परि आमा र दाईको मृत्यु भएको र उनको बावाले दोस्रो बिवाह गरेको खुल्न आएको छ ।

बाबाको बिहे पश्चात निजलाई उनको सौतेनी आमाले हेर्ने दृष्टी राम्रो नभएको पूजाले बताईन् । “मलाई पहिला पनि भारतको बिहार भन्ने ठाउँमा बेच्ने योजना र अहिले पञ्जाबमा बेच्ने योजना बनाएका थिए तर म भाग्न सफल भएँ, मेरो दिदी पनि केहि महिना अगाडी देखी सम्पर्कमा छैनन्” किशोरीले रुदै बताइन् । आवश्यक प्रकृया र परामर्श पश्चात थप बास्तविकता बुझ्न इ.प्र.का रिडी र त्यहाँको स्थानीय निकायले समेत निगरानीमा राखेको छ । हाल निज किशोरीको बाबा आमा दुबै रिडीमा नरहेको बुझिएको छ ।

बास्तबिक घटनाको बारेमा इप्रका रिडीसंग निरन्तर समन्वय गरि प्रकृया अगाडी बढाउने इ.प्र.का कृष्णनगरका प्रमुख शुभास गैरेले जानकारी दिए भने निज चेलीको न्याय र संक्षणका लागि के.आई नेपालले सहायता गर्ने र के.आई नेपालको सुरक्षित आवास गृह चितवनमा बिभिन्न सीप विकास तालिम प्रदान गरि आत्मनिर्भर गराउने उदेश्यले लैजाने तयारी भएको के.आई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिश्वकर्माले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D