बैंकिङ कसुर मुद्धामा फरार हुँदै लुक्दै आएका गुल्मीका के.सी काठमाडौंबाट पक्राउ

काठमाडौं , २२ पुष । प्रहरीले बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी गुल्मीका एक युवालाई पक्राउ गरेको गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्वुले बैंकिङ कसुर मुद्धाका फरार गुल्मी जिल्ला मदाने गाउँपालिका वडा नं. ३ घर भई हाल चन्द्रागिरी नगरपालिका ११ गुर्जुधारा स्थित बलम्बु फ्रेस हाउस सञ्चालन गरी बस्ने बर्ष ४० को ऋषि भन्ने रिखबहादुर के.सीलाई पक्राउ गरेको न्युज २४ ले खबर छापेको छ ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख प्रहरी निरीक्षक खेमराज रावतले लामो समय देखि बैंकिङ कसुर मुद्धामा फरार हुँदै लुकिछिपि बसिरहेका केसीलाई चन्द्रागिरी ११ सतुङ्गलवाट पक्राउ गरिएको बताए ।

प्रहरी निरीक्षक रावतका अनुसार बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनबाट पक्राउ अनुमति जारी भए पश्चात् केसी फरार रहेका थिए ।

बैंकिङ कसुर मुद्धामा पक्राउ परेका केसीलाई आवश्यक कानुनी कारवाहीका लागि महानगरीय प्रहरी बृत्त थानकोट पठाएको बलम्वु प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ