बेबारिशे शवको पहिचान, गर्भ रहे पछि प्रेमीले नै प्रेमिकाको हत्या भएको खुलासा

अनिल खत्री
गुल्मी माघ १८ । गुल्मीमा गर्भ बसेपछि एक युवकले प्रेमिकाको हत्या गरेको खुलेको छ । हत्या आरोपमा बिहादी – ८, ठगुवाका २३ वर्षीय प्रदीप पराजुलीलाई प्रहरीले पक्रेको छ ।
बुधबार साँझ कालिगण्डकी गाउँपालिका ४, घुमाउनेमा जैनिनी – २, धुसेनीकी २२ वर्षीया कमला शर्माको शव भेटिएको थियो । अनुसन्धानका क्रममा प्रदीपले प्रेमिका कमलाको हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।
‘मृतक कमला र प्रदीपबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । विस्तारै सम्बन्ध बढ्दै गर्दा उनीहरुबीच शारीरिक सम्पर्कसमेत भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले भने, ‘गर्भ बसेपछि युवतीले विवाह गरौं भनेर पटकपटक कर गर्दा घटना भएको देखिन्छ ।’
बयानमा समेत पराजुलीले उक्त कुरा स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । कमलाको शवलाई परिवारको अनुरोधमा बाग्लुङ अस्पतालमा पोष्टमार्टम गर्ने गरी जिम्मा लगाइएको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ