gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

बिहे भोज खान गएका माओवादी नेतालाई ढुङ्गा प्रहार गरेपछी……

बिमल खड्का
बागलुङ, १९ पौष । मंगलबार आफन्तकाेमा भोज खान गएका बेला राजनीतिक विवाद हुँदा ढुङ्गा प्रहारबाट एकजना घाईते भएका छन् ।

बागलुङ जिल्लाकाे पश्चिम निसीखोला गाउँपालिका वडा -६ भल्कोटका अन्दाजी ३९ वर्षीय लालकुमार बुढाले हानेको ढुङ्गाले लाग्दा सोही ठाउँका २६ वर्षीय कुशल बुढा मगर गम्भीर घाईते भएका छन ।
baglung news
निशिकाे भल्कोटकै रिनुबाङ भन्ने ठाउँमा भएको विहेभोजमा गएका उनीहरुबीच भनाभनपछि मंगलबार राति १० बजे ढुङ्गा प्रहार भएकाे निशी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेन्द्र भुजेलले जानकारी दिएका छन ।

भुजेलले भने पिडित बुढाले बिहान अाएर उजुरी दिएर जानुभएकाे छ त्यस लगत्तै मैले मान्छे लिन पठाएकाे छु ।अहिले घाइते बुढा उपचारका लागि बुर्तिबाङ जानुभएकाे छ । थप ल्याएपछि खुल्ने उनले बताए ।

बुढाकाे उनको निधार र दाहिने हातमा गम्भीर चोट लागेको छ स्थानीय मेडिकलमा उपचार पछि थप उपचारका लागि बुर्तिबाङ ल्याउदै गरेकाे बताएको छ ।

सामान्य राजनीतिक विषयमा कुराकानी भईरहेको अवस्थामा रक्सीले मातेर आएका लालकुमारले एक्कासी ढुङ्गा हानेको स्थानीय बेलबहादुर बुढाले बताए ।

कुशल नेकपा माअाेवादि केन्द्रका केन्द्रीय अायाेजक समिति सदस्य हुन ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D