gulminews logo
आईतवार, २०८१ बैशाख २३

बिद्यालयमा कांग्रेसले गरेको तालाबन्दी बिरुद्द नेकपाको बिरोध प्रदर्शन, अदालत जान नेकपा नेताको आग्रह

सन्तोष महतारा
गुल्मी , ०९ भाद्र । नेपाल कम्युनिष्ट पार्टी इस्मा गाउँपालिकाले इस्माको सुन्तलादेवी निम्न माध्यमिक विद्यालयमा विरोध प्रर्दशन गरेको छ । विद्यालय जस्तो शैक्षिक क्षेत्रमा राजनितिक अखडा बनाएर नेपाली कांग्रेस इस्मा गाउँपालिकाले सुन्तलादेवी निम्न माध्यमिक विद्यालयमा तालाबन्दी गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी इस्मा गाउँपालिकाले शुक्रबार विरोध प्रर्दशन गरेको छ । नेकपा इस्माले त्यस विद्यालयका अभिभावक समेतको रोहवरमा विरोध प्रर्दशन गरेको इस्मा नेकपा अध्यक्ष नारायण पैयानीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्: इस्माको विद्यालयमा काङ्ग्रेसको ताला

सामुदायिक विद्यालय जस्तो शैक्षिक क्षेत्रको धरोहरमा राजनितिक पार्टीले तालावन्दी गर्न नपाइने भन्दै आफुहरुले विरोध प्रर्दशन गरेको नेपाल कम्युनिष्ट पार्टी गुल्मीका सचिवालय सदस्य हिरा एसीले बताउनु भएको छ । सचिवालय सदस्य हिरा एसीले विद्यालयमा नियम विपरीत काम भएको भए नेपाली कांग्रेसलाई अदालत जाने बाटो खुल्ला रहेको भन्दै विद्यालयमा छिट्टै ताला खोल्न आग्रह समेत गर्नु भएको छ ।

नेपाल कम्युनिष्ट पाटी गुल्मीका सचिवालय सदस्य एसीले केही दिनमै विद्यालयमा ताला नखोले आफुहरुले प्रशाासन र अभिभावकको रोहवरमा आफैले ताला खोल्ने समेत चेतावनी दिएको नेपाल कम्युनिष्ट पाटी इस्माले जनाएको छ । विद्यालयमा राजनिति गर्ने भन्दै अभिभावक शीर बहादुर कुवँरले आक्रोश व्यक्त गरेका थिए । विरोध प्रर्दशन कार्यक्रममा नेकपा इस्मा नेपाल कम्युनिष्ट पाटी गुल्मीका सचिवालय सदस्य एसी, विद्यार्थी नेता राजेन्द्र बिक्रम कुवँर , नेकपा इस्मा अध्यक्ष नारायण पैयानी, वडा नम्बर ३ का वडाध्यक्ष तोयनाथ सापकोटा लगायत अभिभावक तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।

यसअघि नेपाली कांग्रेस इस्माले आफैले बनाएको शिक्षा नियावली विपरित इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिस्टले आफ्नी बुहारी प्रधानाध्यापक बनाएको भन्दै सुन्तलादेवी निम्न माध्यमिक विद्यालयमा तालावन्दी गरेको थियो ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D