Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
बिकासका नाममा करोडौँ बजेट फ्रिज, जनस्तरबाट खबरदारी गरौँ - Gulminews

बिकासका नाममा करोडौँ बजेट फ्रिज, जनस्तरबाट खबरदारी गरौँ

प्रकाश भण्डारी “बिवेक”
बिकासका नाममा आउने करोडौँ बजेट नवलपरासीमा मात्रै होईन देशका हरेक जिल्लाका तह र तप्कामा समयमै कार्य सम्पन्न गर्न नसक्दा फ्रिज भैरहेको अवस्था छ । नवलपरासीको हकमा भने यो समाचार नौलो भने पक्कै होईन् ।

बिगतका बर्षहरुमा पनि बिकासमा नाममा आएको करोडौँ रकम फ्रिज भएको अवस्था छ । गत आर्थिक बर्षको २०७२।७३ मा पनि नवलपरासी जिल्लाको हकमा ३६ करोड ९३ लाख २८ हजार ४ सय रुपैँया फ्रिज भएको थियोे भने गत बर्ष २०७३।७४ मा पनि बिगतका बर्षहरुमा जस्तै ४९ करोड ४५ लाख ९५ हजार ६ सय ६१ रुपँैया रकम फ्रिज भएको छ ।

prakash bhandari
प्रकाश भण्डारी

असार मसान्त सम्ममा खर्च गरीसक्नु पर्ने यो बजेट बिभिन्न राजनीतिक दल तथा समयमा कार्य सम्पन्न गर्न नसक्दा फ्रिज हुन गएको आम जनताले आंकलन गर्न सकिन्छ । बिकासमा नाममा यसरी करोडौँ रकम फ्रिज हुन जाँदा बिकासबाट नवलपरासी पछाडी धकेलिनु स्वभाबिक हो । बाहिर भाषणमा बिकासमा नाममा चर्का भाषण गर्ने तर भित्र भित्र आफनो स्वार्थपूर्ति र बिभिन्न बहाना बाजी बनाएर त्यही बिकास बजेटमा अंकुसी लगाउने प्रबृत्तिले गर्दा आज यसरी बिकासमा नाममा आएको करोडौँ बजेट फ्रिज हुन गएको हो ।

समयमै कार्य सम्पन्न नगर्ने, सम्बन्धित निकायबाट अनुगमन नहुनु, ठेक्कापट्टा अनुरुपको कार्य समयमै सम्पन्न नगर्नु, राजनीतिक दलहरुको अवरोध कायमै रहिरहनु र बिकास नचाहने केही व्यक्तिहरुको कारण यसरी करोडौँ बबजेट फ्रिज भएको छ । टालटुले बिकास तथा जनताको आँखामा छारो हाल्ने प्रबृत्ति नरोकिए सम्म बिकासमा नाममा आउने बजे यसरी नै फ्रिज भैरहन्छ । जनताले बिश्वास र भरोसा गर्ने कतिपय सरकारी निकायले समयमै कार्य सम्पन्न गर्न नसक्दा बिकास बजेटको आधा रकम पनि सकेका छैनन् । न त सबै जनस्तर सम्म बिकासका लागी आएको अर्बौँ बजेट थाहा छ न त खर्च भएको र फ्रिज भएको करोडौँ रकम नै ।

नवलपरासी जिल्लाको हकमा कुरा गर्ने हो भने अधिकांश क्षेत्र मा सडक , खानेपानी, संचार , बिद्युत, जिर्ण पुलको मर्मत,खोला किनारमा तारजाली, ढलको व्यस्थापन, हुन सकेको छैन् । अधिकांश स्थानमा ग्राबेल बाटो छ त्यहाँ कालोपत्रे गर्ने पहल समेत भएको पनि छैन । महेन्द्र राजमार्गको नारायणगढ नवलपरासी सडक खण्डमा कैयौँ भागमा जोखिमपूर्ण खाल्डाखुल्डी तथा पहिरो हरु छन त्यसमा सम्बन्धित निकायको पनि कमै ध्यान पुगेको अवस्था छ । यति धेरै करोडौँ रकमको व्यवस्थापन र सही ठाँउमा लगानी हुन नसक्दा बर्षेपिच्छे फ्रिज हुन पुगेको छ ।

सदरमुकाममा अवस्थित रामग्राम न.पा मै त बिकासका नाममा आएको करोडौँ बजेट रकमको लगानी हुन नसकेर फ्रिज भएको छ भने जिल्लाकै अन्य क्षेत्रको विकास बजेट कार्यान्वयन भएन भन्नु त्यत्ति यूक्ति संगत नहोला ।

बिद्युतको सही तबरबाट बितरण नहुनु, अव्यवस्थित रुपमा लोडसेडिङ्ग हुनु, सडकको स्तरोन्नती नहुनु, ढलको व्यवस्थापन नहुँदा छिनभरकै बर्षाले परासी बजारै जलमग्न हुनु, बसपार्क व्यवस्थित नहुँदा बुद्ध चोक लगायतका ठाँउहरु धुलाम्मै र अव्यवस्ति यात्रु चढाउने झराल्ने तथा मूल सडक र सडकका छेउछाउमा अव्यवस्थित रुपमा छाडा छोडिएका पशु चौपायाले गर्दा सडक दुर्घटना बढ्दै जानु, सार्बजनिक शौचालय व्यवस्थित नहुनु, समय समयमा बजार अनुगमन नहुनु यि र यस्तै प्रकारका अनेकन अभावहरु झेल्दै नगरपालिका भित्र बस्नु पर्ने बाध्यता अझै पनि कायमै छ र यस्तो समस्या नगरबासीले कहिले सम्म झेल्नुपर्ने हो त्यो त नगर प्रमुख लगायत सरकारी निकायका जिम्मेबार व्यक्तिले सोच्नुपर्ने बिषय हो । यि समस्या तथा सुझाब त केबल आम नागरीकले जस्तै मैले पनि यही नगरपालिका र जिल्ला भित्र यात्रा गर्दा देखे भोगेका हुन् सम्बन्धित निकायको ध्यानै नपुगेको, कार्यान्वयन नभएका तथा समाचारै बन्न नसकेका कैयौ दुर दराजको भोगाई त उनै नागरीकलाई मात्रै थाहा जानकारी होला ।

छिन छिनमा परिवर्तन हुने सरकार तथा कार्यालय प्रमुखले समयमै यि र यस्तै समस्याहरु जनस्तरबाटै बुझ्ने र समस्या समाधान गर्ने हो भने नवलपरासी जिल्लाको बिकासमा फड्को मार्न सकिन्थ्यो । बर्षेनी हुने बिकास बजेट बापतको करोडौँ रकम पनि सही ठाँउमा कार्यान्वयन गर्दे आम जनतालाई बिकासको प्रत्याभूती दिलाउन जवस्तरबाटै आवाज बुलन्द गर्न र सम्बन्धित निकायलाई खबरदारी गर्नेकाम अबका दिनमा जनस्तरबाटै हुने हो भने अबका दिनमा यसरी करोडौँ बिकास बजेट फ्रिज भएको सुन्नु पर्ने थिएन कि !!

गैँडाकोट न.पा वडा नं. २ नवलपरासी

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D