gulminews logo
शनिबार, २०८१ बैशाख १५

‘बिकासको सुई’ले काम नगर्दा हारियो: चन्द्र भण्डारी

अनिल खत्री
गुल्मी, मंसिर २५ । नेपाली कांग्रेसका सदस्य चन्द्र भण्डारीले ‘विकासको सुई’ले काम नगर्दा पराजय भोग्नु परेको बताका छन् ।

गुल्मीको सदरमुकाम तम्घासमा सोमबार प्रेस युनियन गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले बिकासको नयाँ योजना र आफ्ना कामहरुले नै काम नगर्दा आफू पराजित भएको बताए ।

भण्डारीले आफूले जिल्लाको निम्ती धेरै बिकास नयाँ योजनाहरुसँगै बिकासको मोडल तयार गरेपनि अपच भएको बताए । भण्डारीले जनताले दिएको अभिमतलाई सर्बस्वीकार्य रहेको बताए ।

यो निर्वाचनमा नेपाली कांग्रेस कमजोर देखिएको भए पनि संबिधानको कार्यान्वयनको चरण पूरा गर्नु ठूलो सफलता भएको बताए । संबिधानको कार्यन्वयनसँगै निर्वाचनमा जसले जिते पनि हारे पनि जनताको जित भएको बताए ।

भण्डारीले अब राजनीतिक संकट अन्त्य भएकाले देशको बिकास र समृद्धि तर्फ राजनीतिक दलहरु अघि बढन जरुरी रहेको बताए ।

राजनीतिक संक्रमण अन्त्यको लागि नेपाली कांँग्रेसले खेलेको भूमिका अत्यन्तै ठूलो रहेको उनले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D