बञ्चरोले हानेर श्रीमतीको हत्या

प्रेम सुनार
बुटवल, कार्तिक १२ । कपिलबस्तुको शिवराज नगरपालिका– १ बनकट्टामा बन्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

गए राती राती घरयासी झगडा हुँदा ४० बर्षिय बसन्त परियारले श्रीमती ३५ बर्षिया सुमित्रा परियारको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मजदुरी गरी खाने परियारले मादक पदार्थ सेवन गरी झगडा गर्दै आएका थिए । गएराती छोराछोरी सुतिसकेको समयमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ ।

मृतकको टाउको र हातमा चोट देखिएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्ययले बताए । हत्यारा फरार रहेको र खोजी कार्यजारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

शव पोस्टमाटमको लागि शिवराज अस्पताल बहादुरगंज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । परियारका २ छोरा र १ छोरी छन ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ