gulminews logo
बिहीबार, २०८१ बैशाख १३

बकर ईदमा प्रदेश ५ को सरकारले दियो सार्वाजानिक बिदा

प्रेम सुनार
बुटवल । प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैर सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपसचिव मधु पौडेल ज्ञवालीद्वारा हस्ताक्षारित विज्ञप्तिमा जनाइएको छ ।

बकर इद को उपलक्ष्यमा सार्वजनिक विदा दिन माग गर्दै मुस्लिम समुदायका संघसंस्थाले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए । यस्तै प्रदेश १ र प्रदेश २ ले पनि बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बकर इद तीन दिनसम्म मनाइन्छ ।

मुस्लीम समुदायको दोश्रो ठुलो चाड बकर ईद पर्वको आफ्नै एक रोचक प्रचलन र महिमा छ । आज बकर इदका अवसरमा त्यस धर्म धर्मावलम्बीहरुले खसी वा भेंडाको बलि दिने गर्दछन । उक्त बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने रोचक अनि कल्याणकाचरी प्रचलन छ ।

बिहान मस्जिदमा जम्मा भई विशेष नमाज पढिन्छ । नमाज पढिसकेपछि घर घरमा गई बलि दिइने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D