gulminews logo
मंगलवार, २०८१ बैशाख ४

फोटो फिचर: गुल्मीका शीर्ष नेताले भोट खसाल्दा जे देखियो

टोपलाल अर्याल
गुल्मी, २१ मंसिर | दोस्रो चरणको निर्वाचनमा गुल्मीमा मुख्य गरि लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीच प्रतिस्पर्धा छ । अहिले जिल्लाका बिभिन्न मतदान केन्द्रबाट प्रतिनिधि सभाका उम्मेदवारहरुले मतदान गरेका छन् ।

गठबन्धनबाट प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार तथा एमाले सचिव प्रदिप ज्ञवालीले रुरु गाउँपालिका अन्तर्गत चौतरा निमावि बम्घा मतदान केन्द्रबाट मतदान गरेका छन् । भने उनका प्रतिस्प्रर्धी नेपाली काँग्रेस उम्मेदवार चन्द्र भण्डारीले छत्रकोट गाउँपालिकाको हुँगा स्थित जनजागृति मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यसैगरी वाम गठबन्धनको तर्फबाट गुल्मी क्षेत्र नं २ का उम्मेदवार तथा एमाले सचिव गोकर्ण बिष्टले इस्मा गाउँपालिकाको रामराज्य मावि दोहोली केन्द्रबाट मतदान गरेका छन् । उनका प्रतिस्प्रर्धी नेपाली काँग्रेस उम्मेदवार चन्द्र केसीले रेसुङ्गा नगरपालिका स्थित भाडगाउँ मावि मतदान केन्द्रबाट मतदान गरेको पत्रकार मोहन बस्नेतले जानकारी दिए ।

प्रदेशका उम्मेदवार
क्षेत्र नं १ को प्रदेश सभा ‘क’ अन्तरगत बाम गठबन्धनका उम्मेदवार शुदर्शन बरालले चन्द्रकोट गाउँपालिकाको बालबोध निमावि झारखर्क र काँग्रेसका उम्मेदवार पृथ फौजदारले चन्द्रकोट गाउँपालिका स्थित उदयमावि शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका छन ।

क्षेत्र नं १ अन्तरगत प्रदेश सभा ‘ख’ बाट बामगठबन्धनका उम्मेदवार कमलराज श्रेष्ठले रुरु गाउँपालिका स्थित राष्ट्रिय मावि थोर्गाबाट र काँग्रेसका उम्मेदवार धनेन्द्र कार्र्कीले गुल्मी दरवार गाउँपालिकाको गंगा निमावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधी सभा क्षेत्र नं २ अन्तरगत प्रदेश सभा ‘क’ बाट बाम गठबन्धनका उम्मेदवार खड्ग केसीले मुसिकोट नगरपालिकाको शारदा बिद्या मावि वामी मैदानबाट र काँग्रेसका उमेदवार शालिकराम पन्थीले रेसुङ्गा नगरपालिका महेन्द्र मावि तम्घास मतदान केन्द्रबाट मतदान गरेका छन ।

यसैगरी क्षेत्र नं २ अन्तरगत प्रदेश सभा ‘ख’ का बामगठबन्धनका उमेदवार दिनेश पन्थीले मदाने गाउँपालिकाको दिपक मावि भनभने मतदान केन्द्रबाट र काँग्रेसका छन्दबहादुर पहराईले धुर्कोट गाउँपालिकाको शोमरभोर माबि हाडहाडे मतदान केन्द्रबाट मतदान गरेका छन् । जिल्लामा दुई प्रतिनिधी सभा र चार प्रदेश सभा निर्वाचनका लागि ५२ जना उम्मेदवार चुनावी मैदान छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D