gulminews logo
शुक्रबार, २०८० चैत्र १६

फेसबुकबाट लभ परेका प्रेमीलाई विवाह अगाडी जवानी सुम्पिँदा यसरी ज्यान फाल्नु पर्‍यो २२ बर्षिया कमलाले

प्रेम सुनार
गुल्मी, माघ २१ । बाग्लुङ्गकी २२ वर्षिया कमला शर्मा कक्षा १२ को अंग्रेजी विषय लागेको परिक्षा दिने तयारीमा थिईन । अकर्षक जिउडाल मनै लोभ्याउने शौन्दर्यता । उनको त्यही शौन्दर्यतामा आँखा प¥यो पर्वतका २३ वर्षिय विक्रम भनेर चिनिने प्रदिप पराजुलीको । अन्ततः आज भोली पर्सी धाउँदै र फेशवुकबाट सुन्दर भविश्यका सपना देखाउँदै माया प्रेमको जालमा फसाउन सफल भए पराजुली ।

नाम नवताउने सर्तमा उनका साथीहरुका अनुसार उनिहरु विच लामो समय देखि प्रेम सम्वन्ध चल्दै थियो । विवाहको प्रलोभनमा कमलाले प्रेम पराजुलीलाई जवानी पनि सुम्पिदै आएकी थिईन् । शर्माले गर्भधारण गरिन् । दिन प्रतिदिन पेटमा बढ्दै गएको शिशु के जन्मियला? कस्तो जन्मिएला? यस्तै यस्तै मिठा सपनाहरु देख्दै आईरहेकी शर्माले त्यो सपना र आफैमा मात्र सिमित खुशी प्रेमी पराजुलीसंग साट्न चाहिन् । त्यो खुशी साट्नको केहि छिन नवित्दै मुटुको टुक्रा ठानिएको प्रेमीले गला रेटेर मार्यो र कालिगण्डकी नदिमा फालि दियो ।
dead woman
केहि दिन अघि गुल्मीको खड्गकोट पुछारमा कालिगण्डकी नदि किनारमा मृत फेला परेकी युवतीको घटना उठान गर्दै छौं हामी । त्यति वेला वेवरिसे रहेको उनको शव गुल्मी जिल्ला प्रहरी कार्यालयमा ल्याईयो । यहाँको प्रहरीले बाग्लुङ्की युवती भएको पत्तो लगायो र वाग्लुङ्ग जिल्ला प्रहरी कार्यालयमा खवर गर्यो । उक्त शव वाग्लुङ्गको जैमुनी गाउँपालिका वडा नम्वर ८ की कमला शर्माको भएको खुल्यो ।

उता मृतक कमलाका परिवारले वाग्लुङ्ग जिल्ला प्रहरी कार्यालयमा जाहेरी दियो । कमलाका दाजु रामप्रसाद शर्माका अनुसार माघ ५ गते विहान पौने नौ वजेको समयमा घरमा वुवा आमासंग मलाई सामान्य पेट दुख्यो औषधी खान जान्छु भनेर घरबाट हिँडेकी थिईन् । ढाव भन्ने स्थानमा रहेको हरि ढकाल भन्ने व्यक्तिको औषधी पसलमा उनि पुगेकी थिईन् । त्यहाँबाट उनि हिँडेपछि साँझ ६ वजे सम्म पर्वतको विहादी गाउँपालिका वडा नम्वर २ को विक्रम भनेर चिनिने २३ वषिय प्रदिप पराजुलीसंग कमलासंगै बसेको देख्नेहरु भेटिए । त्यसको आधारमा वाग्लुङ्ग जिल्ला प्रहरीले हत्यारा पत्ता लगाएको हो ।

पर्वत जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिलिप घिमिरेसंग सम्पर्क राख्दा निजले हत्या गरेर फालेको स्वीकार गरेको र आज अदालतमा म्याद थप गर्न लागिएको बताए । डिएसी घिमिरेको अनुसार निजले यस्तो वयान दिएका छन्:
“उ संग मेरो प्रेम सम्वन्ध थियो । माघ ५ गते साँझ ६ वजे तिर पर्वत र गुल्मी जोड्ने पुल पारीको खेतमा हाम्रो भेट भयो । उताबाट पार गरेर पारी खेतमा गएर बस्यौं । उनले मेरो पेटमा गर्भ रहेको छ भनेर भनिन् । मैले गर्भपतन गर भनेर पटक पटक सम्झाएँ । उनले मान्दै मानिनन् । त्यस पछि हाम्रो बेस्सरी झगडा भयो । मेरो पालो म फँस्ने भएँ, विवाह गर्न पर्ने भयो भन्ने ठानेर उनको सल झिकेर गलामा कसेँ, उनको ज्यान लिई सके पछि लतार्दै त्यही पुलमा लगेर तल खोलामा फालि दिएको हुँ ।”

यति वेला मृतक कमलाका माता पिता छोरीको किरियाक्रममा रहेका छन् । पुत्रीशोकमा परेको उनिहरु वोल्न सक्ने अवस्थामा छैनन् । उनका दाजुले भने, “वाग्लुङ्ग जिल्ला प्रहरी कार्यालयमा सुरुमा अभियुक्तले ढाट्ने भरपुर प्रयास गरेको थियो ।” मेडिकलवालाले पनि सुरुमा ढाँट्ने प्रयास गरेको मृतकका दाजु रामप्रसाद बताउँछन् । त्यस्ता अपराधीलाइ कुनै राजनैतिक दलका आवरणमा बचाउने ठुलो चलखेल हुन लागेको भए त्यसलाई सञ्चारकर्मीहरुले पनि निगरानी गर्न आग्रह गर्दुछु र कडा भन्दा कडा कार्वाहीको माग पनि राम प्रसादले गरे ।

कति पापी, कुकर्मी र विश्वासघाती हुँदै आएका छन् पुरुषहरु । जवानीसंग खेल्नका लागि अनेकन मिठा सपना देखाउने र प्राप्ती पछि ज्यानै लिने यस्ता घटना प्रति महिलाहरु सचेत हुन जरुरी छ तर कतिपयले जवानीको जोसमा होस नपुराएर यस्ता घटनाहरु दोहरिदै गएका छन् । आगामी दिनमा सजग हुने कि रु विवाह सम्म जवानीको जोसलाई नियन्त्रण गरे यस्ता घटनाको शिकार बनिने छैन होला कि?

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D