प्रमोद खरेल र बैकुण्ठ रायमाझीको आधुनिक गीत ‘क्षितिज…..’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं, माघ २३ । बैकुण्ठ रायमाझीको नयाँ गीत “क्षितिज…..” सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको स्वरमा सजिएको उक्त गीत सार्वजनिक भएको हो । बैकुण्ठ रायमाझीको शब्द सिर्जनामा तयार भएको उक्त गीत आधुनिक गीत शुक्रबार सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

लोकगीतहरु गायन, लेखन र निर्माण गर्दै आउनुभएका स्रष्टा बैकुण्ठ रायमाझीको यो पहिलो सुगम संगीत हो । गीत मार्फत नेपाली जनजीवनको यथार्थता पोखिएको र आधुनिक नेपाली समाजमा फस्टाउँदै गएका विकृति र विसङ्गतिलाई चिर्ने विश्वास गरिएको सर्जक रायमाझीले गुल्मीन्युज डट कमलाई बताउनुभयो ।

सर्जक रायमाझीको आफ्नै संगीत रहेको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । मोडलद्वय ओबी रायमाझी र दिव्यानी ओलीद्वारा अभिनित म्युजिक भिडियोलाई विक्रम चौहानले कोरियोग्राफी गरेका हुन् । कमल सौराहाले एरेन्ज गरेको गीत रेकर्डिस्ट राजकुमार बगरले रेकर्ड गरेका । भिडियोमा गायिका रिता केसीको पनि विशेष भुमिका रहेको छ ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D