gulminews logo
मंगलवार, २०८१ बैशाख २५

प्रदेश ५ मा १८ प्रतिशत बजेट खर्च भएको छ, बाँकी बजेट सही समय र गुणस्तरमा सम्पन्न गर्छौँ: मन्त्री बराल

रमेश विश्वकर्मा
गुल्मी, माघ २१ । पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री शुदर्शन बरालले प्रदेश सरकारले यस आर्थिक वर्षको अहिलेसम्म १८ प्रतिशत बजेट खर्च भएको बताएका छन् । उनले बाँकी बजेटको सही समय र गुणस्तरमा सम्पन्न गर्ने सबै मन्त्रालयले प्रतिवद्धता गरेको मन्त्री बरालले बताए ।

मङ्गलबार प्रेस संगठन गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा हालसम्म प्रदेश सरकारले स्थानीय सरकारको अभिभावकत्व ग्रहण गर्ने १ सय ९ वटै स्थानीय सरकारहरुलाई विकास निर्माणको जनताको सेवाको एउटै लयमा हिँडाउने हिसाबले प्रदेश समन्वय परिषदले धेरै मात्रामा प्रगति गरेको बताए ।

प्रदेश ५ सरकारले सिङ्गो नेपालमै उदाहरणीय काम प्रस्तुत गरेको दाबी गरे । प्रदेशको राजधानी र नाम अब छिट्टै हुन लागेको हिउँदे अधिवेशनबाट टुङ्गो लगाईने बताए । साथै मन्त्री बलालले यस प्रदेशमा भएका सबै अस्पतालहरुको आधारभूत सुधार गरिने बताए ।

प्रादेशीक अस्पतालहरुलाई प्रादेशिक गौरवको योजनाको स्तरमा पुर्याउने बताए । यहाँका नागरीकहरुलाई उपचारका लागि यस प्रदेश भन्दा बाहिर जान नपर्ने गरी व्यवस्थापन मिलाउन प्रदेश सरकार तत्पर रहेको उल्लेख गरे । उनले आयुर्वे्दिक स्वास्थ्य अस्पताललाई स्तरोन्नती गरेर स्थानीय जडीबुटीलाई औषधी उत्पादनसम्म लैजाने गरी प्रदेश सकार लागी परेको दाबी गरे ।

यो आर्थिक वर्षमा विपन्न नागरिकका लागि दमका समस्या भएकालाई ५० हजार सम्म निःशुल्क उपचार गर्ने व्यवस्था मिलाईएको बताए । अस्पतालमा जन्मिने शिशुहरुका लागि भिटामिन के निःशुल्क उपलब्ध गराउने बताउँदै मन्त्री बरालले भने, ‘८४ वर्ष पुगेका वृद्धवृद्धाहरुका लागि घरघरमै स्वास्थ्य सेवा प्रदान गरिने छ ।’

आगामी वर्षमा सबै जिल्ला अस्पतालमा आई.सि.यू सेवा विस्तार गरीने योजना रहेको बताए । सुत्केरी धेरै हुने स्थानहरुमा एन.आई.सि.यू नवजात शिशुलाई राख्ने सघन उपचार कक्ष सेवा उपलब्ध गराउने जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D