gulminews logo
मंगलवार, २०८१ बैशाख २५

प्रदेशबाट फर्किदा न श्रीमती न सम्पत्ती, गुल्मीकी एक युवती दुधे बालक छोडेर बेपत्ता

टोपलाल अर्याल
गुल्मी, १७ साउन । इस्मा गाउँपालिका ३ सिम्पानीका ३७ बर्षिय बाबुराम थापा इण्डियाबाट घर फर्किएको पाँच दिन भयो । प्रदेश हिडेको २४ बर्ष भएपनि थापा प्रत्येक बर्ष एक पटक घर बिदामा आउँछन् । बिहे भएको १३ बर्ष पुग्यो ।

श्रीमती, एक छोरा र दुई छोरी सहितको उनको परिवार । निकै आनन्दका साथ बिदा सकेर थापा प्रदेश फर्कन्थे । तर उनको यो बिदा भने त्यस्तो रहेन् । नौ महिनाको दुधे बालक छोडेर श्रीमति भागेपछि उनको सपना र कल्पना अहिले खरानी बन्यो । चार लाख रुपैयाँ बैङ्कबाट निकालेर आउने बहानामा घरबाट सदरमुकाम तम्घास हिडेकी ३० बर्षिय श्रीमति बिनाको अहिले सम्म अत्तोपत्तो छैन् । जसका कारण थापा पीडा र पश्च्यातापले भावबिब्हल बनेका छन् । ‘भागेको तीन दिन भए, फर्किएकी छैन,’उनले भने,‘मलाई त डुबे नै,नौ महिनाको दुधे बालकको समेत बिचल्ली प¥यो ।’

gulmi newsउनका अनुसार बैङ्कमा भएको १९ लाख रुपैयाँ पनि अहिले खातामा छैन् । भने घरमा बाँधिएको लैनो भैसी, दुई वटा बाख्रा र एउटा बोको समेत बेचिसकेको छ । उनले इण्डियाको साकेतमा गाडी चलाउँछन् । बर्षको चार लाख कमाउने गरेको उनले बताए । ‘साइन रेसुङ्कामा खाता खोलेकी छु भन्थि,’ उनले भने,‘सवै कमाई उसैलाई पठाउँथे, बैङ्कमा बुझियो १९ लाखमा एक रुपैयाँ छैन् ।’ गाउँमा आएर बुझदा पहिलेदेखि नै परपुरुषलाई घरमा राख्दै आएको पत्ता लागेको उनले बताए ।
gulmi khabar
‘तड्पाएर गई, बाबु नानीको मुख हेर्नु शिवाय अब म संग केहि रहेन,’थापाले भने,‘अर्कोतिर गाउँभरी उसैका हल्ला छन् ।’ सोमबार इस्मा प्रहरीचौकीमा उजुरी दिएपनि अहिले सम्म कुनै सुचना नआएको उनले बताए । सामाजिक संजालबाट पनि उनको प्रचार प्रसार र खोजी भैरहेको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D