gulminews logo
शनिबार, २०८१ बैशाख १५

प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतिय‍ोगिता शुरु, महिला भलिवलको पहिलो खेलमा पाल्पासँग हार्यो गुल्मी

बुटवल, बैशाख २३ । प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतिय‍ोगिता २०७६ बुटवलमा सुरू भएको छ। सामाजिक विकास मन्त्रालय, प्रदेश नं ५ को आयोजना तथा जिल्ला खेलकुद विकास समितिको प्राविधिक संयोजनमा सोमबारदेखि बुटवलमा प्रतियोगिता सुरू भएको हो।

प्रतियोगिताको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रशिक्षक चन्द्र बहादुर गुरुङलाई मार्चपास टर्च हस्तान्तरण गरी उद्घाटन गरेका हुन् ।

आइटिएफ तेक्वान्दोका बालबालिकाहरूको प्रस्तुतिसँगै प्रशिक्षक चन्द्र बहादुर गुरुङ र खेलाडी प्रताप खवासले शपथ लिएर खेल सुरू भएको थियो। कूल पाँच विधाका १३ इभेन्टका प्रतियोगिता बुटवल मण्डप, प्रहरी तालिम केन्द्र, जिल्ला खेलकुद विकास समितिको हल, बुटवल ब्याडमिन्टन कोर्टमा सञ्चालन भैरहेको छ ।

यस्तै जारी प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता अन्तरगत एथ्लेटिक्सतर्फ भएको ५ हजार मिटर पुरुष दौडमा रुपन्देहीका सन्तोष नापित प्रथम भएका छन्।

उनले दौड १६ मिनेट ४५.८ सेकेण्डमा पूरा गर्दै उपाधि चुमेका हुन्। बर्दियाका माधव कुमार चौधरीले १७ मिनेट ०४.८ सेकेण्डमा दौड पूरा गर्दै द‍ोस्रो भए तथा नवलपरासीका मुकेश हरिजनले १७ मिनेट ०८.२ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान भए।

यसैगरी, छात्रातर्फ १५ सय मिटर दौडमा दाङकी सुमित्रा चौधरी प्रथम भइन्। उनले दौड ५ मिनेट ३३.०३ सेकेण्डमा दौड पूरा गर्दै उपाधि चुमेकी हुन।

यसैगरी, बर्दियाकी कल्पना थारुले ५ मिनेट ३४.०४ सेकेण्डमा दौड पूरा गरी दोस्र‍ो भइन् भने बाँकेकी कमला जैसीले ५ मिनेट ३९.३ मिनेटमा दौड पूरा गरी तेस्रो स्थान हासिल गरिन्।

प्रदेश ५ प्रहरी तालिम केन्द्रको खेलमैदानमा सोमबार भएको खेलमा प्रदेशका १२ जिल्लाका खेलाडीहरूले भाग लिएका थिए।

यसैगरी पुरुष भलिबलमा रुकुम पूर्व जिल्लाले विजयी सुरूआत गरेको छ। बुटवल मण्डपमा भएको उद्घाटन खेलमा रुकुम पूर्वले अर्घाखाँची जिल्लामाथि २–१ को सेटमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

यसैगरी, महिला भलिबलतर्फको उद्घाटन खेलमा गुल्मी जिल्ला पाल्पा जिल्लासँग पराजित भएको छ । सोमबार सम्पन्न खेलमा पाल्पाले २–० को सोझो सेटमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । सुरूआतबाट नै खेलमा हाबी देखिएको पाल्पाले २५–१०, २५–११ को अंकले खेलमा जित निकालेको हो ।

महिला भलिबलमा पाँच नम्बर प्रदेशका ११ जिल्लाले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ।

यो पनि पढ्नुस्

गुल्मीका पहिरो प्रभावितको पुर्नबास प्रदेश ५ ले गर्ने, कस्तो प्याकेज घोषणा गर्दै छ सरकार?

टोपलाल अर्याल गुल्मी, २४ साउन । सत्यवतिका गाउँपालिकाका बास्तविक पहिरो प्रभावितको पुर्नबासको पूर्ण जिम्मा प्रदेश

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D