प्रत्येक पालिकामा कम्तिमा ४ सय युवाहरुलाई रोजगारी दिने कार्यक्रम सन्चालन हुन्छ: मन्त्री बिष्ट

कमल पौडेल
बडिगाड, ०३ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले प्रत्येक पालिकामा कम्तिमा ४ सय युवाहरुलाई रोजगारी दिने कार्यक्रम संचालन गर्न लागेको बताएका छन् । मंगलवार बागलुङको खर्वाङमा बडिगाड खोलामा पहिलो पटक र्याफ्टीङको उद्घाटन गर्दै मन्त्रि विष्टले सो कुरा बताएका हुन् ।

यो पनि पढ्नुस्: मन्त्री बिष्टद्धारा भत्किएको पुलको निरिक्षण, तत्काल कारबाही अगाडी बढाउन निर्देशन

आगामी बजेटको सन्दर्भमा वोल्दै मन्त्रि विष्टले भने, “प्रत्येक पालिकामा कम्तिमा ४ सय युवाहरुलाई रोजगारी दिने कार्यक्रम संचालन गरिनेछ ।” मन्त्री बिष्टले सरकारले जहाँ जे को सम्भावना छ त्यहि काम गरी देशलाई सम्वृद्धि तिर लैजान लागेको खुलासा गर्दै काठमाडौंमा रेल चलाउने गरि तयारी गरिरहेको समेत बताउनु भएको छ ।

सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजाने, वृद्धवृद्धाको भत्ता बढाउने तयारी समेत सरकारले गरिरहेको बताउनु भएको छ। कानुनि हिसावले २०८२ साल पछि कोहि पनि भोको नरहने, कोहि पनि परिवार आवास विहिन नहुने, कोहि पनी पढ्न, स्वास्थ्य सेवा वाट बन्चित नहुने गरि कानून तयार भैसकेको भन्दै मन्त्रि विष्टले सरकार सामाजिक न्यायका हिसावले अगाडि वढेको वताउनु भएको छ।

मन्त्रि विष्टले स्थानिय वा राष्ट्रिय रुपमा घोषणा गरेको सवै प्रतिवद्धता ३ वर्ष भित्र शतप्रतिशत पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

ढोरपाटनमा पुग्ने पर्यटकलाई बडिगाडमा र्याफ्टीङ गराएर फर्काउने गरि योजना वनाउनुपर्ने र त्यसको लागी सहयोग गर्न आफू तयार रहेको पनि मन्त्री बिष्टले बताउनु भएको छ । मंगलवार बागलुङको खर्वाङमा बडिगाड खोलामा पहिलो पटक र्याफ्टीङको उद्घाटन गर्दै मन्त्रि विष्टले राज्यको श्रोतको महत्वपूर्ण योगदान पर्यटन भएको भन्दै नदीको भरपूर परिप्रयोग हुनुपर्ने वताउनु भएको हो।

गुल्मीको मुसिकोट नगरपालिका र बागलुङको बडिगाड गाउँपालिका विचमा वग्ने बडिगाडमा झक्कले एग्रो टुरीजम् रिसोर्ट प्रालिले र्याफ्टीङ चलाउन लागेको हो। पर्यटन प्रवद्र्धनको उद्धेश्य सहित सुरु भएको कार्यक्रमलाई मुसिकोट नगरपालिकाले प्रवद्र्धन गर्ने जनाएको छ। औपचारीक कार्यक्रम पछि मन्त्री विष्ट सहितको टोली बागलुङको खर्वाङ बाट र्याफ्टीङ चढि गुल्मीको झेंदि सम्म पुगी त्यहाँको २ दिन अघि भत्किएको निर्माणधिन पुलको समेत अवलोकन गर्नुभएको थियो।

कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बडिगाडको जल उपयोगको लागी बनाइएका योजना र कार्यान्वयनको पक्षको सन्दर्भ बताउनु भएको थियो। त्यस्तै नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रम बडिगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेलको अध्यक्षता, मुसिकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रकाश काफ्लेको स्वागत मन्तव्य तथा पत्रकार कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D