gulminews logo
शनिबार, २०८१ बैशाख ८

प्रचण्डले दिए पुत्र प्रकाशलाइ आर्यघाटमा दागबत्ती

काठमाडौं मंसिर ३ । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको पशुपतिको आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

आइतबार बिहान निधन भएका उनलाई पिता दाहालले दागबत्ती दिएका छन्।
prakah-dahal-death
स्व. दाहालको आइतबार बिहान नर्भिक अस्पताल पुर्‍याउनु अघि नै निधन भइसकेको अस्पताल प्रशासनले दाबी गरेको छ । उनको आकस्मिक हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।

चुनावी कार्यक्रम अन्तर्गत झापामा रहेका पिता काठमाडौं फर्किएर नर्भिक अस्पताल पुगेपछि मात्रै उनको निधनको खबर औपचारिक रुपमा माओवादी केन्द्र र अस्पतालले गरेको थियो । त्यसपछि उनको पार्थिव शरिरलाई दिउँसो १:३० बजेदेखि ३:३० बजेसम्म श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो ।

पार्टी कार्यालयमा अध्यक्ष तथा पिता पुष्पकमल दाहालले भावुक हुँदै उनको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए । त्यसपछि पार्टीका अन्य नेता तथा विभिन्न पार्टीका शीर्ष नेतासहित माओवादी कार्यकर्ता तथा सर्वसाधारणले उनलाई श्रद्धान्जली अर्पण गरेका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D