gulminews logo
बिहीबार, २०८१ बैशाख १३

“प्रकृतिले दिएको वामी” सार्वजनिक, बाँचुन्जेल सिर्जनामै तल्लिन हुने बरिष्ठ लोकगायक कार्किको प्रतिवद्धता

कमल पौडेल
गुल्मी, ०१ कार्तिक । विश्व वामी सम्पर्क मञ्च परिवारद्धारा प्रस्तुत डकुमेन्ट्रि गीत “प्रकृतिले दिएको वामी” सार्वजनिक भएको छ। आइतवार साँझ जुम एप्लिकेसन मार्फत भएको विमोजन कार्यक्रमबाट सो गीत सार्वजनिक गरिएको हो।

वामी क्षेत्रलाई केन्द्रमा राखेर पहिलो पटक निर्माण गरिएको वृत्त चित्र सहितको गितको विमोचन गर्दै वरिष्ठ लोकगायक बम बहादुर कार्किले लोकगित समाज सँग जोडिएको हुने बताउनु भएको छ।

सार्वजनिक गरिएको वृत्त चित्रमा कुनै खोटको ठाउँ नभएको भन्दै, शब्द, संगित, स्वर, लय सवै उत्कृष्ट रहेको र गितबाट आफु सहित धेरैले सिक्ने बताउनु भएको छ। गायक कार्किले प्रकृति र संस्कृतिलाई जोड्दै देशकै वृत्तिचित्र बनाउनु पर्ने आवश्यकता औंल्याउनु जिवनको उत्तरार्ध सम्म पनि सिर्जनामा तल्लिन हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ। गुल्मीको पहिचान दिन व्यक्तिगत रुपमा लागि परेपनि संस्थागत प्रयास सुरु गर्नुपर्ने आवश्यकत महसुस भएको गायक कार्किले बताउनु भएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य खड्क बहादुर केसिले वामीले धेरै कलाकर्मि, संस्कृतिकर्मिहरुको जन्मदिएको भन्दै गित संग सम्बन्धित सवैलाई धन्यवाद व्यक्त गर्नुभएको छ। वामी वहुजाति, बहुसाँस्कृतिक विविधता युक्त समुदाय भएको भन्दै सवै समुदायका संस्कृतिहरु जगेर्ना गर्न निरन्तर लाग्न र कलाकर्मिहरुलाई नथाक्न आग्रह गर्नुभएको छ।

त्यस्तै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले “प्रकृतिले दिएको वामी” भन्ने डकुमेन्ट्री गितले जन्मथलोको भौगोलिक, साँस्कृतिक र प्राकृतिक पक्षलाई उजागर गरेको र वामी वासिलाई गर्ववोध भएको बताउनु भएको छ। मेयर सापकोटाले सो गित पाठ्य सामाग्रि समेत हुन सक्ने भन्दै मुसिकोट नगरपालिका स्थापना भएकोले सिँगो नगरपालिकाको पहिचान बोक्ने सामाग्रि आवश्यकता रहेको बताउनु भएको छ।

कार्यक्रममा वामी विश्व सम्पर्क मञ्चका संस्थापक अध्यक्ष प्रा.डा. तारा प्रसाद सापकोटा, प्रा.डा. ज्ञान बहादुर थापा, प्रा.डा. जिवलाल सापकोटा, स्रष्टा रामचन्द्र चन्द, रिता केसि लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्दै वामीको संस्कृति उजागर गर्न गित महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको थियो।

विमोचन कार्यक्रम वामी विश्व सम्पर्क मञ्चका अध्यक्ष प्रा.डा. इश्वरी पाण्डेको अध्यक्षता, नौमति साँस्कृतिक समितिका संयोजक बैकुण्ठ रायमाझिको स्वागत मन्तव्य, प्रवक्ता हेमनाथ खरेलको धन्यवाद मन्तव्य तथा वामी विश्व सम्पर्क मञ्चका महासचिव रोमकान्त सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो।

गुल्मीको मुसिकोट नगरपालिकाको वडा नं. ७ र ८ मा पर्ने साविक वामी गाविसलाई पुर्ण रुपमा समेटिएको सो गितमा वामीको ऐतिहासिक, सामाजिक तथा साँस्कृतिक विविधतालाई झल्काइएको छ। स्वर्गिय बिजु बज्रको संगित, तिलक बस्नेत र रिता केसिको स्वरमा रहेको सो गितमा विष्णु सापकोटा र बैकुण्ठ महतले शब्द सिर्जना गर्नुभएको हो। सिम्रन बज्राचार्य, बैकुण्ठ रायमाझि, विवेक काफ्ले को अभिनय रहेको सो गितको भिडियोमा इशिका तिवारी, सुगम तिवारी, विनिशा बौद्धाचार्य, निलिशा जिसि लगाएतका बाल कलाकारले प्रस्तुती रहेको छ। रविलाल पौडेलको निर्देशन, देविराम घिमिरेको छायांकन रहेको सो म्युजिक भिडियोको सम्पादन दिपक श्रेष्ठ र रामचन्द्र चन्द ले गर्नुभएको छ। सिंगो वामी क्षेत्रको पहिचानको रुपमा प्रस्तुत गरिएको सो वृत्तचित्र गित सेरोफेरो नेपालको युट्युव च्यानलमा हेर्न सकिन्छ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D