Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
पौरखी चटपट ब्वाय: तम्घासमा चटपटे बेचेर पढ्दै, भाईलाई पढाउँदै अनी बिरामी बुवाको रेखदेख गर्दै - Gulminews

पौरखी चटपट ब्वाय: तम्घासमा चटपटे बेचेर पढ्दै, भाईलाई पढाउँदै अनी बिरामी बुवाको रेखदेख गर्दै

टोपलाल अर्याल
गुल्मी, २५ बैशाख । चटपट बोए । १५ बर्षीय दिपक । दैनिक उपल्लो तम्घासदेखि खानीगाँउ चौडाहासम्म चोक–चोकमा भेटिन्छन् । चटपट मात्रै हैन, बोली पनि मिठ्ठो छ । त्यसैले परैदेखे पनि सबैले चटपट बोए भनेर बोलाउँछन् । उनी चटपट बेचेरै आफु पालिएका छन् । भाईको पालन पोषण र पढाई उनकै काँधमा छ । दिउँसभरमा एक हजारदेखि १५ सयको चटपट बेच्छन् । दैनिक खर्च कटाएर सरदरमा पाँचदेखि सात सय आम्दानी हुने गरेको छ ।

यो पनि पढ्नुस्: समाजशास्त्रका डिग्री होल्डर सर्टिफिकेट थन्काएर तम्घासमा अटोरिक्सा चलाऊँदै

६ बर्षदेखि बेसाहारा
दिपक र अर्जुनको घर प्युठान गौमुखी गाउँपालिका २ अर्खा हो । उनलाई मजदुरीकै क्रममा आमाले तम्घासमा जन्माइन । दिपक नौ बर्षको हुँदा आमाको मृत्यु भयो । बुबा मानसिक रोगी छन् । तीन बर्ष अघि दिपकले भाई अर्जुनलाई छिमेकीकोमा छोडर वुटवल झरे । विभिन्न होटलमा काम गरेर करिव ५० हजार कमाए । त्यो पैसा बोकेर गत बर्ष फागुनमा तम्घास आए । दुई महिना मुसिकोट होटलमा काम गरे । सोचे जस्तो भएन, त्यो पनि छोडेर भगवति मन्दिरमा कोठा भाडामा लिए । दुई भाईले चटपट व्यापार थाले ।

यो पनि पढ्नुस्: २ हजार रुपैँयाको चिया पसलबाट दुई वटा घडेरी

१२ बजे नै बिद्यालय छोड्छन
आमासंगै बाल्यकालमै श्रमिक बनेका दिपकले पढ्न पाएनन् । गाउँकै स्कुलमा दुई कक्षासम्म पढे । उनी जेनतेन अक्षर चिनेपछि आमासंगै काम खोज्न हिडे । अहिले बल्ल उपल्लो तम्घास माविको कक्षा ३ मा भर्ना भए । भाईलाई कक्षा १ मा भर्ना गरे । ‘मेरो भन्दा भाईको पढाईको चिन्ता भएर भर्ना गरे’, उनले भने, ‘मैले पनि तीन पिरेड पढिरहेको छु ।’ उनले दिउँसो १२ देखि साँझ ७ बजेसम्म चटपट नबेचे गुजरा चल्दैन । त्यसैले पढाई छोडनुपर्ने बाध्यता दिपकलाई छ ।

आफै पौरख गर्छु
दिपक दैनिक बिहान ५ बजे उठ्छन् । दिउँसो बेच्ने चटपटको सवै सामग्रीहरु ठिक्क पार्छन् । साढे नौ बजे स्कुल पुग्छन् । १२ बजे स्कुलबाट फर्किन्छन् । कोठा भाडा मासिक एक हजार हो । त्यो बाहेक बिद्युत, खानेपानी, ग्यास चामल र तरकारी गरेर मासिक पाँचदेखि सात हजार खर्च हुने दिपकले बताए । चटपटबाट मासिक १० देखि १२ हजार कमाई भएपनि खर्च कटाएर चार÷पाँच हजार बचत गर्ने उनको भनाई छ । जन्मदर्ता नभएका कारण बैंकमा खाता खोल्न समस्या भएको दिपकले गुनासो गरे । ‘म संग सीप छ, अव अरुकोमा काम गर्दिन, आफै पौरख गर्ने हो’, उनले भने, ‘मलाई अहिले जन्म दर्ता र पछि नागरिकता भए पुग्छ ।’

डान्सर बन्ने सोखमा अर्जुन
दिपक र अर्जुन केहि दिन अघि उपल्लो तम्घास माविको बार्षिक उत्सवमा पुगे । बार्षिक उत्सवमा आफैसंगैका धेरै साथीले अविर लगाएर पुरस्कार पाए । त्यो देखेर अर्जुनलाई पनि पढ्ने रहर जाग्यो । ‘धेरैले अविर र पुरस्कार पाएको देखेपछि भाइले पढ््ने रहर ग¥यो,’उनले भने,‘पढेपछि डान्सर बन्ने उसको सोख रहेको छ ।’ दिपकलाई समयमै पढ्न नपाएको प्रति पछुतो लागेको छ । उनले बिद्यालयमा भविष्य खोज्ने बेलामा आफ्नै उमेरका बिद्यार्थीहरुलाई चटपटे बेच्दा कहिलेकाहीँ दुख लाग्ने गरेको बताए ।

अनुशासनमा नमुना दाजुभाई
बिद्यालयका प्रध्यानाध्यापक राममणी पन्थीले उपल्लो तम्घासमा भर्खरै भर्ना भएका दुई दाजुभाई अनुशासनको नमुना भएको बताए । उनले उनीहरुको बोली, बानी व्यावहार र सरसफाईबाट आफुहरु प्रभावित भएको बताए । पन्थीले अहिले आफुहरुले नि:शुल्क भर्ना गरेर कापी कलम पोशाकको व्यावस्थापन गरिरहेको बताए ।

यो पनि पढ्नुस्

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D