gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित भएका छन्।

६७ औं प्रहरी दिवसको अवसरमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य गरेबापत गुल्मी दरबार गाउँपालिका वडा नं ५ साविकको अमर अर्वाथोकमा जन्मेका इन्स्पेक्टर बुचा सम्मानित भएका हुन् ।

प्रहरी संगठनमा रहेर कर्तव्यनिष्ठ, इमानदार र लगनशील भई उत्कृष्ट कार्य गरेकाले इन्स्पेक्टर बुचालाई सम्मान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इन्स्पेक्टर बुचालाई प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीद्वारा हस्ताक्षरित प्रमाणपत्र प्रदान गरियो । एसएसपी जयराज सापकोटाले इन्स्पेक्टर बुचालाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D