gulminews logo
शनिबार, २०८१ बैशाख ८

पैसा मेरो शत्रु

मनोज कार्की
नभएर पनि भाकै छ, भएर पनि उस्तै तनाव । पैसा भनेपछि भगवानको पनि त्रिनेत्र खुल्छ भन्छन् यो आखिर वास्ताविक नै रहेछ । आज तपाईसँग खल्तीमा एक रुपैयाँ पनि छैन तर पनि तपाईको जिन्दगी त चलेकै हुन्छ । समय बित्दै जादाँ तपाईका दिनचार्यहरु पनि वितेकै हुन्छन् । भोली तपाईसँग टन्न पैसा हुँदा पनि तपाईको मनमा बिभिन्न किसिमका कुराहरु खलिरहन्छन् र अझै पनि फेरी तपाईको जीवनमा उत्ति नै पैसाको आवश्यक पर्ने गर्दछ । जुन यस्तो चिज हो नहुदाँ पनि मनमा पिरालो हुदाँ पनि झनै पिरालो आखिर त्यहि चिज हो पैसा ।

गाउँमा बुढापाकाले भनेको सुनिन्छ नि हातले दियो हजुर खुट्टालाई दु:ख । यो पैसा भन्ने चिज अचम्मको छ । पैसा भयो भने आफुले कल्पना नगरेका मान्छे आफुसगँ घनिष्ठ मित्र बन्न पुग्छन् । तर पैसा भएन भने आफन्त घरपरिवारबाट पनि घ्रिणित हुनुपरेका थुप्रै उदाहरणहरु तपाईं हाम्रा समाजमा थुप्रै छन् । आज मेरो लगायत तपाईका एकदम मिल्ने साथिहरु पैसाकै कारण नजिकिएका हुन्छन् नहुँदा उनै साथीहरु नै टाढिएका छन् । सबैका मनहरु बाँडिएका पनि छन् । सम्बन्धहरु झन् झन् टाढिएका छन् ।

आज सबै मानिस पैसाका पछि छन् । पैसाका कारणले गर्दा मान्छेले मान्छै नै मार्न बेर लगाउँदैनन् । यसका पछिल्ला उदाहरणहरु देशमा प्रशस्त मात्रामा छन् । गाउँमा भनेको सुन्ने गरिन्छ नि — विना धन केहि नभन । हो यो करा चाहि साचो रहेछ । आज पैसा नभएकै कारणले गर्दा मानिस एक्लो भएको छ । पाँच दश हजार खल्तीमा नभइ त सहरमा बाँच्न गारो छ । जे गर्छ पैसाले नै गर्दछ भन्ने सोचाइले नै आज समाज पछाडी परेको छ । पैसाका कारण आज छोराले बाबु चिनेको छैन । बाबुले छोरा चिनेका छैन । पैसाका कारण मानिस आज आफ्नै छोरीहरु विदेशमा बेचिरहेको छ। महिलामाति बलात्कर भइरहेको छ । गरिब झन् गरिब भएको छ । धनी मान्छेले हैकम जनाएको छ । गरिबको जिन्दगी मागेर जै वितेको छ । साहुसँग पैसा माग्दामाग्दै साहु थाक्नु त सामान्य हो तर साहुसँग पैसा माग्ने त्यो गरिब व्याक्ति नै थाकेको छ । गरिब भएका कारण , पैसा नभएका कारण आज घरपरिवारबाट हेपिन परेको छ । आफन्तजनबाट हेपिन परेको छ । छरछिमेकबाट हेपिन परेको छ । यो समाजले हेपेको छ । सँगै पढ्ने साथीले हेपेको छ । सहकर्मीले हेपेको छ । आज पैसा नभएका कारण नै सबैबाट घुणित हुनुपरेको यथार्थमा आज पैसा मेरो शत्रु बनेको छ । पैसाका लागि नै आज पढ्नु परेको छ । अनि जागिर खाए कै हुनुपरेको छ । पैसा नै खर्चिएर पढेर फेरी पैसा कमाउनु छ । आजको यो स्थितिले गर्दा पनि पैसा मेरो शत्रु बनेको छ ।

पैसा कै लोभमा छोराले आमा काटेको छ । आतंककारी ब्यवहार गरेको छ । अरुको मालसमान चोरी गरेको छ । भष्ट्रचार गरेको छ । वर्तमान समयमा मानिसले जे गरेको छ । पैसाका लागि नै गरेको छ । पैसासँग उसको ठुलो सम्बन्ध छ । आज उसको बाबा पैसा हो । आज उसको आमा पैसा हो । आज उसको दाजु पैसा हो । आज उसको दिदि पैसा हो । आज उसको आफन्त पैसा हो । उसको सर्वश्व पैसा हो । आज सबै मानिस पैसाका पछि छन् । आज पैसा नभए कै कारणले गर्दा म घरपरिवारबाट , आफन्तबाट र यो समाजबाट घुणित छु त्यसैले पनि पैसा मेरो शत्रु हो । पैसा नभए कै कारणले सबैबाट हेपिन पुगिन्छ । पैसा भएर पनि फेरी आफुलाई पुग्यो भन्ने कहिल्यै हुदैन् त्यसैले पनि पैसा मेरो शत्रु हो ।

(मनोज कार्की गुल्मी साप्ताहिक पत्रिकाका प्रबन्ध निर्देशक तथा प्रकाशक हुुन् ।)

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D