gulminews logo
बिहीबार, २०८१ बैशाख १३

पुनर्निर्माण प्राधिकरणका प्रमुख भुषाल सम्मानित

गुल्मी, १८ कात्तिक । बाँझकटेरी समाज, गुल्मीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युबराज भुषालसहित गुल्मी जिल्ला मदाने गाउपलिकाबाट सार्वजनिक प्रशासनको उच्च तहमा नियुक्ति भई कार्यरत विभिन्न व्यक्तिहरुलाई एक कार्यक्रमकाविच स्वागत तथा सम्मान गरेको छ ।

कार्यक्रममा नेपाल सरकार तथा सार्वजनिक प्रशासन क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै पुनर्निर्माण प्राधिकरणका सिईओ भुषाल, पुनर्निर्माण प्राधिकरणका प्रबक्ता तथा सहसचिब यमलाल भुषाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिब यज्ञ भट्टराई, प्रहरी उपरीक्षक दान बहादुर कार्की लगायतलाई क्रियाशील रुपमा मातृभूमि तथा जन्मभूमिको सेवा गरेको भन्दै सम्मान गरिएको थियो ।

गुल्मी जिल्ला मदाने गाउँपालिका बाँझकटेरीका भुषाल पुनर्निर्माण प्राधिकरणको प्रमुखमा नियुक्त हुन सफल भएसगैँ अब सम्पूर्ण भुकम्प पिडित जनताको चाहना अनुसार काम गर्न र पुनर्निर्माण कार्यमा तिव्रता दिन सहभागी वक्ताहरुले आग्रह गरेका छन ।

कार्यक्रममा बोल्दै भुषालले भुकम्प पीडित जनताप्रति उत्तरदायी भएर पीडित जनताको मन जित्ने गरेर काम गर्न यस सम्मान कार्यक्रमले थप प्रेरणा मिलेको बताए । भुकम्प पीडित जनताको आशु पुछ्नु र राष्ट्रका ऐतिहासिक सास्कृतिक धरोहरहरुको पुनर्निर्माण गर्दै सम्पदा जोगाउनु आफ्नो मुख्य लक्ष्य रहेको उनले बताए । आफु भुकम्प पिडित जनताको सेवा गर्ने पवित्र उद्देश्यले प्राधिकरणमा आएको बताउदै भुषालले कुनै पनि हालतमा तोकिएको मितिमा पुनर्निर्माणको कार्य सम्पन्न गरि राष्ट्रले तोकेको ऐतिहासिक अभिभारा पुरा गर्ने बताए । कार्यक्रम पूर्व सभासद तथा समाजसेवी सुर्य बहादुर सेन ओलीको अध्यक्षता सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D