gulminews logo
आईतवार, २०८१ बैशाख ३०

पीडितलाई कांग्रेसको सहयोग: उपचार खर्च नभएर आमा मरिन्, घरमा क्रिया खर्च समेत छैन

सन्तोष महतारा
गुल्मी, भदौ १४ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ६ कि भुमकला पून केहि दिन अघि बिरामीका कारण मरिन् । गरिब परिवार, त्यसैमाथि क्यान्सर रोग लागेपछि धेरै ठाउँमा उपचार गर्न लगे पनि निको भएन, अस्पतालले घर फर्काइदियो । घरमा आएको केहि दिनपछि उनको ज्यान गयो । उपचार खर्च अभावकै कारण उनी संसारबाट विदा भइन् । उनी त मरिन् तर बाँचेकाहरु झन् बिचल्लीमा परे ।

५० बर्ष काटेका बृद्ध श्रीमान्लाई झन् फसाद पर्यो । जेठो छोरीको पहिल्यै विवाह भएको थियो । जेठो छोरा जित वहादुर पून भर्खरै १९ बर्षका भए । उनी गाउँमा नै बस्थे, पढाइ पनि त्यति धेरै भएन । साक्षर त भए तर धेरै पढ्न सकेनन् । कान्छो छोरा १० कक्षामा पढ्ने, परिक्षा आइसकेको, आमालाई क्यान्सर रोग लागेको थाहा पाए । पढाइ भन्दा आमाको चिन्ताले सताउन थाल्यो । आमा उपचारको क्रममा अस्पतालमा, त्यसैमाथि पनि घरमा आर्थीक अभाव । परिक्षा पनि राम्रो भएन । नभन्दै रिजल्ट आउँदा एउटा बिषयमा फेल देखायो । रिजल्टले कुनै चिन्ता थिएन तर आमालाई लागेको रोगले पिरोलिन्थे ।
आमा उपचारका लागि अस्पतालमा भर्ना थिइन् । उनी भने ग्रेड बृद्धि परिक्षाको तयारीमा । ग्रेड बृद्धिको परिक्षा र आमाको मूत्यु एकैपटक भयो । परिक्षा दिँदै गर्दा पनि बिरामी आमालाई सम्झिएको उनी बताउँछन् ।

जित बहादुर र रोम बहादुर पून अहिले आमाको किरियामा छन् । खाने चामल छैन । खानेपानी ल्याउन आधा घण्टाको बाटो डोकोमा बोकेर ल्याउनुपर्दछ । दुई भाइ किरियामा, बृद्ध बुबा झन् बढी तनाबमा परे । घरमा आम्दानीको कुनै श्रोत नभएको डिम बहादुर पूनले बताए । उनले भने “हातमुख जोड्नलाई घरमा केहि छैन ।”

यस्तो दुःख देखि पछि नेपाली काङ्ग्रेस वडा कार्यसमिति रेसुङ्गा गरपालिका वडा नम्बर ६ ले आर्थीक सहयोग गरेको छ । वडा भित्रका काङ्ग्रेस प्रति आस्थावान् तथा संघसंस्थाका प्रमुख प्रतिनिधिको अगुवाईमा १५ हजार रुपैँया सहयोग गरेको छ । त्यस्तै सोहि वडाकै थाममा बिरामी परेकी पार्वती विकलाई पनि १० हजार रुपैँया हस्तान्तरण गरिएको छ ।

सहयोग रकम हस्तान्तरण गर्दे नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति गुल्मीका सचिव खिलध्वज पन्थीले स्थानिय सरकार कहाँ गएछ भन्दै प्रश्न उठाएका थिए । “यस्तो अवस्था छ तर वडाका प्रतिनिधिहरु कता छन्”, उनले भने, “गरिब, असहाय, दुखीको लागि तिन वटै सरकारको ध्यान पुगेन ।”

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D