गुल्मीन्युज
जेठ ०६ । भारत लैजाँदै गरिएका गुल्मीका तीन जना किशोरीहरु पाल्पामा पक्राउ परेका छन् । भारतीय नागरिकहरु सहित भारत जान लागेका उनिहरुलाई पाल्पा प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै गरेको रातोपाटी अन्लाईनले खबर छापेको छ ।
गुल्मीको सदरमुकाम तम्घास साहुटोल स्थित विन्दवासानी भोजनालयमा काम गर्ने भारतीय नागरिकले गुल्मीकी एउटी १४ वर्षीया, अर्की १५ वर्षीया किशोरी र अर्की २० वर्षीया युवतीलाई नियन्त्रणमा लिइएको पाल्पाका प्रहरी प्रवक्ता कृष्णराज सापकोटाले जानकारी दिए ।
‘विवाह गरि लैजान लागेको बताएका छन्, तीन जना भारतको विहार घर भएका युवाहरुले । हामीले नियन्त्रणमा लिएर ती युवतीका परिवारजनलाई बोलाएका छौं, उनीहरु आएपछि मात्र उजुरी परेमा हामीले गुल्मी प्रहरीलाई पठाउने छौं । अहिले ती युवाहरुको समेत नाम गोप्य राखेका छौं’– डिएसपी सापकोटाको भनाईलाई उदृढ गर्दै रातोपाटिले समाचार छापेको हो ।