पार्टी एकता र सरकार गठन दुवै एकैसाथ अगाडी बढ्छ: माओवादी केन्द्र गुल्मी

हुमाकान्त पोखरेल
३ पौष, गुल्मी । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ प्रदेश ‘क’ का सांसद सुदर्शन बरालले पार्टी एकताप्रति कसैले शंका नगर्न आग्रह गरेका छन् । मंसिर २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मतपरिणामले पार्टी एकता गर्न दबाब दिएको समेत उनको भनाई छ ।

प्रेस सेन्टर नेपाल जिल्ला शाखा गुल्मीद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बरालले पार्टी एकता र सरकार गठन दुवै काम संगसँगै अघी बढ्ने बताए । जनताले देश विकासको लागि बाम शक्ति रोजिकेकोले अब आफूहरुले थप जिम्मेवारी भई काम गर्ने बेला आएको बताए । ‘नेपाली जनताले बामशक्तिलाई मत दिइसकेकोले अब राष्ट्र निर्माणको अभिभारा पनि हामीको काँधमा आएको छ ।’ नेता बरालले भने, ‘त्यो जिम्मेवारीलाई हामी जसरी पनि पुरा गर्छौ ।’
sudarshan baral
प्रचण्ड सरकारको पालामा नेपालमा ७.५ प्रतिशत आर्थिक बृद्धिदर भएको स्मरण गर्दै उनले कम्युनिष्टले मात्र नेपाल र नेपालीको शिर उचाँे राख्न सक्छन भन्ने पुष्टि भएको समेत बताए । अर्को प्रसगँमा उनले निर्वाचनको समयमा मतदातासामु गरेको विकास निर्माणका प्रतिबद्धताहरु पुरा गर्ने पनि नेता बरालको भनाई छ ।

पार्टीका अर्का पोलिटब्युरो सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट निर्वाचित सांसद दिनेश पन्थीले निर्वाचनको समयमा आफूहरुबिच कतै पनि बेमेलपन नआएको बताए । एमालेसँग सँगै निर्वाचनमा होमिएपनि कहिँ कतै आफूहरुबित दुई पार्टी हौँ भन्ने अनुभव समेत नभएको उनको भनाई छ । त्यस्तै स्थानिय निकायको निर्वाचनमा चुनाव बढी खर्चिलो भएपनी अहिले त्यस्तो समस्या नआएको उनले बताए । ‘स्थानिय निकायको निर्वाचनले गर्दा खर्च अलि बढी हुने डर थियो ।’ नेता पन्थीले भने, ‘तर अहिले सोचेभन्दा कम खर्चमै चुनाव सम्पन्न भएको छ ।’

देशमा आर्थिक क्रान्ति गरी समुन्नत नेपाल निर्माण गर्नेे लक्ष्य रहेकोले अब आफूहरु त्यसैअनुसार अगाडी बढ्ने बताए । निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि विजयी उम्मेद्धारहरुको विजयी ¥यालीपछि पार्टीको आधिकारीक धारणा बुझ्न प्रेस सेन्टर गुल्मीले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विर बहादुर कार्कीको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य प्रेम सुनारको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D