पार्टीले वडाध्यक्षको टिकट नदिएपछी कांग्रेस क्षेत्रीय सचिब पाण्डेले दिए स्वतन्त्र उम्मेदवारी

अनिल खत्री
१३ वैशाख, गुल्मी । नेपाली कांग्रेस गुल्मी क्षेत्रनम्बर–२ का सचिव कृष्ण पाण्डेले रेसुङ्गा नगरपालिका वडानम्बर–४ अर्खले वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । आफुले लामो समय नेपाली कांग्रेसको क्रियाशिल सदस्य रहि काम गरेपनी पार्टीले कामको मुल्याङ्कन नगरेकाले वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

पार्टीले पावर र पैसाको पहुँचवालाई उम्मेदवार चयन गरेको पाण्डेले असन्तुष्ट जनाएका छन् । सोमवार पाण्डेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पाण्डेले वडाअध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् ।

०४६ सालदेखी नेपाली कांग्रेसको राजनिति सुरु गरेका पाण्डे तरण दल रेसुङ्गा नगरको सभापति बनेका थिए । गुल्मी जिल्लामा रहेर नेपाली कांग्रेसको क्रियाशिल राजनिति गर्दै आएपनी आफुलाई पार्टीले वेवास्था गरेको पाण्डेले बताए ।

आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले वडा देखी नगरसम्म गुट र उपगुटको संज्ञा दिदैँ आफु जस्ता कर्मठलाई लात हानेको उनको गुनासो छ । पार्टीभित्रको विवाद र अपमान स्वीकार गर्न नसकेर वडामा स्वतन्त्र उम्मेदवारी दिएको पाण्डेले बताए ।

आसन्न स्थानीय तह निर्वाचनमा एमालेबाट वडाअध्यक्ष चोलराज शर्माले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट लिलाधर आर्चायले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । आचार्य ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा बराबर मत आएपछी गोलापर्थाबाट एमालेले जितेको थियो ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D