पानीको पाईप जोड्न गएकी ११ बर्षिया बालिकालाई बलात्कार गरेर फरार भए ३९ बर्षिय कार्की

टोपलाल अर्याल
गुल्मी, १४ असार । गुल्मीको इस्मा गाउँपालिका २ का ३९ बर्षिय प्रेम बहादुर कार्कीलाई ११ बर्षिया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मदिरा सेवन गरेका कार्कीले असार ११ बालिकालाई आफ्नै घरमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका असई सत्यनारायण यादवले बताए ।

आरोपितले पाँच बजेको समयमा आफ्नो घरमा पानीको पाइप जोडन गएकी बालिकालाई जवरजस्ती घरमा लगेर बलात्कार गरेर फरार भएका थिए । बालिकाको परिवारले आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरे । खोजतलास गर्दै जाँदा तम्घासको धागीथुममा लुकेर बसेको अवस्थामा कार्कीलाई प्रहरीले पक्राउ गरेको असई यादवले बताए ।

अदालतबाट म्याद थप गरि बाँकी अनुसन्धानको काम भैरहेको प्रहरीले जनाएको छ । बालिकाको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परिक्षण गरिएको थियो ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ