पाँच वर्षको अवधीमा बाँकी अधुरा कामहरुलाई पुरा गर्नुछ: उपाध्यक्ष उम्मेदवार खत्री

अनिल खत्री
१४ वैशाख, गुल्मी । वैशाख ३० गते हुने स्थानिय निर्वाचनको निम्ती गुल्मीमा पनि चुनावी सरगर्मी वढ्दै गएको छ । बिभिन्न दलहरुले निर्वाचन बिशेष अभियान, बिभिन्न पार्टीका उम्मेदवारहरुले घरदैलो गर्न थाले सगै चुनावी रौनक तात्न थालेको छ ।

गुल्मीमा रहेका २ नगरपालिका र १० गाउँपालिका सहित ९३ वडामा निर्वाचनका गतिबिधिहरु वढ्न थालेका छन् । स्थानीय तह निर्वाचनको लागि इस्मा गाउँपालिका उपाध्यक्ष पदबाट राजिनामा दिएर दोस्रो कार्यकालका लागि (नेकपा) एमाले तर्फबाट उम्मेदवार बनेकी छन् । दोस्रो कार्यालकालका लागि उम्मेदवार बनेकी उपाध्यक्ष उम्मेदवार बिमला खत्रीले ५ वर्षको अबधीमा बाँकी अधुरा कामहरुलाई पुरा गर्न उम्मेदवार बनेकी प्रतिक्रिया दिइन् ।

पहिलो कार्यकाल पाँच वर्षमा धेरै कामहरु भएपनि अझै केहि कामहरु पुरा गर्नको लागि आफु फेरि उम्मेदवार बनेर जनताको घरदैलेमा आएको उम्मेदवार खत्रीले बताइन् । पाँच वर्षको कामको मुल्याङकन गरेर पुनः निर्वाचित गराउने उनले दाबी रहेको छ । देसमा केहि गर्नु पर्छ गर्न सकिन्छ भन्ने वातावरण सृजना गर्नु मुख्य मुख्य भुमिका रहने खत्रीले बताइन् । जव सम्म उत्पादन हुँदैन तव सम्म आत्मनिर्भर भइदैन त्यसको निम्ती यो स्थानिय तहले अबसर ल्याउने उनको भनाई छ ।

इस्मा गाउँपालिकामा (नेकपा) एमाले तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा हिरा एसीलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसको तफर्बाट गाउँपालिकाको अध्यक्ष पदमा भगत खड्का र उपाध्यक्ष पदमा पार्वती कुँवरलाई उम्मेदवार बनाएको छ । यो गाउँपालिकामा ०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित ५ वटा वडामा नेकपा एमालेले जीतेको थियो । बाँकी एउटा वडामा नेपाली कांग्रेसले जीतेको थियो । गाउँपालिकामा तीन ठूला दल छुट्टा छुट्टै निर्वाचनमा गएका थिए ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D