gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

पाँच नम्बर प्रदेशमा मोनोरेल चल्छ, बुद्ध सर्किट नुर्माण हुन्छ: मन्त्री चौधरी

मोहन पौडेल
परासी, फागुन ५ । पाँच नम्बर प्रदेशमा रहेका बुद्धसँग सम्बन्धित क्षेत्रको विकास र पर्यटक आकर्षणका लागि बुद्धसर्किट निर्माण हुने भएको छ । बुद्धसँग सम्बन्धित ३६ वटा स्थललाई जोड्ने गरी बुद्धसर्किट निर्माण हुने र त्यसमा पर्यटक र भम्रणमा आउने यात्रीको सहजताका लागि मोनोरेल सञ्चालन गर्ने योजना अघि सारिएको पाँच नम्बर प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले बताउनुभयो ।

नवनियुक्त भौतिक पुर्वाधार मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता चौधरीको सम्मानमा प्रेस चौतारी नेपाल पश्चिम नवलपरासीले आज शनिबार परासीमा गरेको स्वागत बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री चौधरीले यो योजना प्रदेशको सवैभन्दा ठुलो सम्पत्तिको रुपमा रहने जानकारी दिनुभयो । गौतम बुद्धको अस्थुधातु रहेको रामग्राम ७ उजैनी स्थित रामग्राम स्तुपमा पनि जग्गा अभावले विकास हुन नसकेको भन्दै मन्त्री चौधरीले स्तुप क्षेत्रमा करिव दुई सय विगाहा जग्गा अधिग्रहण गरेर विकास गर्न लागेको जानकारी दिनुभयो ।
pradesh 5
यसैगरी पाँच नम्बर प्रदेशका सवै क्षेत्रलाई यातायातसँग जोड्न प्रदेश सरकारले पहाडी राजमार्ग र तराई राजमार्गको अवधारणा पनि अघि सारेको छ । प्रदेश सरकारले यसलाई गौरवको योजना पनि भनेको छ । बुटवलदेखि पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा,रुकम हुदैँ सिस्ने हिमालसम्म पहाडि मार्ग र सुस्तादेखि राजापुरसम्मको तराई राजमार्ग बनाउने गरि प्रदेश सरकार अघि बढेको मन्त्री चौधरीले जानकारी दिनुभयो ।

पाँच नम्बर प्रदेशका सवै क्षेत्रमा ओभरहेड टंयाक मार्फत शुद्ध खानेपानीको पहुँच समेत पुराउने योजनामा सरकार रहेको भौतिक पुर्वाधार मन्त्री चौधरीले बताउनुभयो । पाँच नम्बर प्रदेश सरकारका प्रवक्ता चौधरीले नवलपरासी दुई जिल्लामा विभाजित भएपनि यसको नामाकरणका लागि संविधान शंसोधनबाट मात्र सम्भव रहेको पनि जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपाल पश्चिम नवलपरासीका संयोजक केशव पराजुलीको अध्यक्षता, सहसंयोजक राजकुमार रेश्मीको स्वागत तथा सचिव मोहन पौडेलको सन्चालन रहेको सो कार्यक्रममा नेकपा एमालेका जिल्ला सहसंयोजक थानप्रसाद गैरे, नेपाली कांग्रेसका जिल्ला सचिव विक्रम यादव, एमाले जिल्ला सचिवालय सदस्य लक्ष्मी क्षेत्री, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हरि शर्मा, प्रेस चौतारीका सल्लाहकार उमानाथ पोखरेल, नागरिक समाजका अध्यक्ष शम्भु उपाध्याय, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष रामजी ज्ञवाली, रामग्राम जेसीजका अध्यक्ष मुक्तिप्रसाद पौडेल, सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D