Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
पर्दा पछाडी गुल्मीको जिल्ला अस्पताल - Gulminews

पर्दा पछाडी गुल्मीको जिल्ला अस्पताल


टोपलाल अर्याल
गरिवको जिल्ला अस्पताल तम्घास । दैनिक लगभग दुई सयले उपचार गराउँछन् । यो अस्पताल आधा अर्घाखाँचीका मानिसको पनि जीवन हो । अहिलेसम्म थुप्रै खाले राम्रा नराम्रा छाप आम नागरिकमा छन । नराम्रो छाप मेटाएर हरेक नागरिकलाई अस्पताल प्रति अपनत्व महसुस गराउनु नै अस्पतालको चुनौति हो ।

जिल्ला अस्पताल फेरिएको छ । तर सामान्य नागरिक भन्दा ठुलाबडाहरुकै धारणा फेरिएन । बिगतले अस्पतालको बर्तमान धुमलिएका छ । जसका कारण गाउँबाट सरकारी अस्पतालकै लागि आएकाहरु पनि अस्पतालको गेटबाट बटारिन्छन् । मेडिकलसम्म पुग्छन्, एक थैला औषधी बोकेर फर्कन्छन् । एक जनाले सक्ने सवैलाई जिल्ला अस्पतालले राम्रो सुविधा दिएन, औषधी पाइएन, धेरै समय लगाइदिए भनेर प्रचार गरिदिन्छ । तर यथार्थमा उ सरकारी जिल्ला अस्पतालमा पाइला टेकेकै हुँदैन । त्यसपछि एउटा अर्को प्रवृति जो सधै जिल्ला अस्पताललाई कम्जोर देख्न चाहन्छ । अनि जिल्ला अस्पताललाई रेफर सेन्टर भनेर आफ्नो व्यापार गरिरहेको छ । त्यस्ता व्यक्ति र प्रवृतिका कारण पनि जिल्ला अस्पताल ओझेलमा छ । त्यसैमाथी राज्यको दृष्टि पुग्दैन । जसका कारण बिरामी भन्दा अस्पताल थला पर्दै जान्छन् ।

परिणाम जिल्ला अस्पतालको बिशेषज्ञ डाक्टर गाउँको धामी जस्तो र क्लिनिकका मालिकहरु बिशेषज्ञ बन्ने दिन आउँछ । अहिले पनि केहि मेडिकल खसीको टाउको देखाएर कुकुरको मासु बिक्री गर्न चाहान्छन् । कुनै नाम चलेको अस्पतालको डाक्टरको नाममा १० देखि २० वटा रोग सन्चो बनाउने ठेक्का पट्टा चलेको बर्षौ भयो । गाउँबाट सदरमुकाम आउँदा रोग बोकेर आएका थिए कि थिएनन, त्यो भगवानले जाननु । तर सदरमुकामबाट गाउँ जाँदा रोग र औषधी बोक्नुपर्ने बिडम्बना सोझा नागरिकमा छ । गाउँमा डिप्रेशन भएर तम्घास की तम्घासबाट गाउँ फर्किदा डिप्रेशन । त्यसको लेखाजोखा गर्ने कहिले ? र कसले । सरकारी भनेपनि सस्तो, वा निशुल्क जसका कारण आम नागरिकको बुझाईमा त्यसलाई गुणस्तरहिन मानिन्छ । यो बिषयमा धेरैले बुझ्न र बुझाउन बाँकी छ ।

अर्को पट्टि उचित व्यावस्थापन बिना जिल्ला जनस्वास्थ्य कार्यालयबाट अस्पताल छुट्टाएर राज्यले टुहुरो जस्तो बनाएको छ । यो अस्पताल बास्तवमै गरिवको अस्पताल हो । जो एम्बुलेन्समा चढेर समेत अस्पताल आउने हैसियत राख्दैनन । त्यस्ता व्यक्तिहरुको प्राण जिल्ला अस्पताल तम्घास भौतिक संरचनामा कम्जोर छ । एकातिर कम्जोर भौतिक संरचना र मनस्थिती । अर्कोतिर कम जनशक्ति । तर पनि जिल्ला अस्पतालले निरन्तर सेवा दिइराखेको छ । यो अस्पताल मानसिकताले मात्रै नभएर भौतिक उपस्थितीमा समेत साँघुरिएको छ । जिल्ला अस्पतालको लागि ३५ रोपनी जग्गा आवश्यक पर्दथ्यो । तर अहिले जम्मा १४ रोपनी मात्रै उपलब्ध छ । संरचना अभावले बिरामीलाई मात्रै नभएर सेवामा २४ सै घण्टा खट्ने कर्मचारीहरु पनि आजित छन् ।

जिल्ला अस्पताल कागजमा ५० वेडकै हो । जनशक्ति र भौतिक संरचनाको कारण ३० वेडमै सिमित छ । यो अस्पतालको बिडम्बना जिल्लाका स्थानीय सरकारलाई जानकारी छ । थुप्रै पटक छलफल र बसह भए । तर स्थानीय सरकारका प्रमुखहरु सकरात्मक देखिदैनन् । जिल्ला अस्पतालमा आउने बिरामी मध्ये ९० प्रतिशत गाउँबाटै आउँछन् । तर जिल्ला अस्पतलाको विकासको लागि एक रुपैयाँ बिनियोजन गर्न सकरात्मक नदेखिनुले जिल्ला अस्पताल कतै रेसुंगा नगरपालिकाको मात्रै काँधमा सिमित हुने हो कि भन्ने शंकाहरु उब्जिएको छ । बिरामी आउने आधारमा पनि रेसुंगा नगरपालिका मुसिकोट नगरपालिका, इस्मा, मदाने, धुर्कोट र मालिका गाउँपालिकाले बार्षिक बजेट बिनियोज गर्नपर्छ ।

भौतिक संरचनाको अभावमा जिल्ला अस्पतालका अहिलेका डाक्टरहरु एउटा कोठामा दुईदेखि तीन जनाले बिरामी जाँच्नुपर्ने बाध्यता छ । संरचना भए दरबन्दी अनुसारका बिशेषज्ञ डाक्टर ल्याउन सक्ने संभावना पनि प्रवल नै छ । तर रकम अभावमा अहिलेकै अवस्था सेवा प्रवाहमा समस्या सृजना हुने वा डाक्टरले आफ्नो क्षमता अनुसारको काम गर्न नसक्नु बिडम्बना हो । जिल्ला अस्पतालमा अधिकांश शव पोष्टमार्टम हुन्छ । तर शव पोष्टमार्टम गरे बापत पाउने सुविधाबाट डाक्टर बिमुख बन्नुपर्ने बाध्यता छ । साथै अतिरिक्त सेवा गरे बापत डाक्टरहरुले पाउने सेवा पनि पाउन सकिरहेका छैनन् । अहिले स्थानीय समेत रहेका बिशेषज्ञ डाक्टर उत्तम पाच्यालाई जिल्ला अस्पतालले पाएको छ । उनी अहिले अस्पताल प्रमुख भएपछि नागरिकमा आएको उत्साह र जिल्लामा अस्पताल प्रमुख भएर आउन पाएकोमा डाक्टर पाच्या पनि उत्साहित नै छन् । दुवै पट्टीको उत्साहले केहि नयाँ गर्न सकिन्छ ।

त्यसमा स्थानीय निकायहरुको साथ अपरिहार्य छ । जिल्ला अस्पताल तम्घासले गत बर्ष सात सय ६८ जना आमाहरुको सुरक्षित प्रसुति गरायो । जसमध्ये ८६ जनाको शल्यक्रिया मार्फत प्रसुति गराइएको अस्पतालको तथ्यांक छ । एक जनाको अण्डवाहिनीमा गर्भ रहेकाले अण्डवाहिनी नली फुटेको र पेटमा रगत बगेपछि शल्यक्रिया मार्फत उपचार सफल भयो । अस्पतालमा सामान्य चिकित्सा तथा बालरोग सेवाअन्तर्गत दम, मुटु, निमोनिया, बाथ, थाइराइड, मधुमेह, उच्च रक्तचाप, एच.आई.भि. क्षयरोगको नियमित रुपमा उपचार भइरहेको छ ।

रगत, कलेजो, बोसो, दिसा, पिसाब, रगतको जाँच तथा कल्चर सेवा र उच्चस्तरिय जीन एक्सपर्ट मार्फत क्षयरोगको नियमित रुपमा परिक्षण भैरहेको छ । अस्पतालको आफ्नै फार्मेसी छ । एकद्धार प्रणाली मार्फत हिंसामा परेका विपन्न नागरिकहरुको उपचार भैरहेको छ ।
(लेखक अर्याल गुल्मीबाट सकृय रुपमा पत्रकारिता गर्छन्)

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D