gulminews logo
बिहीबार, २०८१ बैशाख १३

पत्रकार घिमिरेकी पत्नीको क्यान्सर उपचारको लागि गुल्मीन्युज डट कमद्वारा १० हजार रुपैँया सहयोग

प्रेम सुनार
गुल्मी, कार्तिक १२ । गुल्मी जिल्ला वरिष्ठ पत्रकार पत्रकार जनार्दन घिमिरेकी पत्नी शारदा घिमिरे बचाउ अभियानको लागि गुल्मीन्युज डट कमबाट पनि सहयोग प्रदान गरिने भएको छ । स्तन क्यान्सर भएर भारतको गान्धी क्यान्सर अस्पतालमा थप उपचारका लागि लैजानु पर्ने र झण्डै २० लाख रुपैया अवस्यक पर्ने समाचार आईतवार गुल्मीन्युज डट कम मार्फत बाहिर आएको थियो । समाचार प्रकाशित हुनासाथ गुल्मीन्युज डट कमको तर्फबाट घिमिरेको उपचारमा सहयोग पुर्याउन १० हजार रुपैँया सहयोग गर्न लागिएको गुल्मीन्युज डट कमका सम्पादक संचालक सन्जु काउछा मगरले जानकारी गराउनुभएको छ ।

त्यस्तै समाचार बाहिर आउन साथ गुल्मीका अन्य पत्रकारहरु पनि सहयोगमा जुटेका छन् । समाचार प्रकाशित भएको केहिवेरमै पत्रकार तथा रेसुङ्गा न्युजडटकम अनलाईका प्रधान सम्पादक, सञ्चालक तारा भुसालले रु २५ हजार सहयोग घोषण गर्नु भएको छ ।

त्यस्तै पत्रकार महासंघका पुर्व अध्यक्ष तथा प्रेस युनियनका जिल्ला अध्यक्ष हरिकुमार श्रेष्ठले ५ हजार , यसै समाचारदाताले ५ हजार , पत्रकार महासंघका उपअध्यक्ष अनिल खत्रीले ५ हजार , सचिव टोपलाल अर्यालले ५ हजार , प्रेस चौतारीका अध्यक्ष शिवलाल सुवेदीले ५ हजार घोषणा गरेका गरेका छन् ।

गुल्मी घर भई पाल्पामा पत्रकारिता गर्ने जगदिश भट्टराई ५ हजार , अर्घाखाँची घर भई वुटवलका वरिष्ठ पत्रकार विष्णुप्रसाद भुसाल ५ हजार, गुल्मी घर भई वुटवलमा पत्रकारित गर्ने विक्रम खड्का ५ हजार सहयोग घोषण गर्नु भएको छ । यसरी समाचार वाहिर आएको १५ मिनेट नवित्दै ६५ हजार सहयोग जुटि सकेको छ भने देश विदेशवाट सहयोग घोषणा गर्ने क्रम जारी छ ।

प्रेस सेन्टर नेपाल गुल्मीले देशभरका आफ्ना संगठनका नेता तथा सवै सदस्यहरु पत्रकारहरु संग आफु सक्य सहयोगका लागि अपिल गरेको छ । त्यस्तै प्रेस चौतारी गुल्मी , प्रेस युनियन गुल्मी, नेपाल पत्रकार महासंघ गुल्मीले पनि देशभरका पत्रकारहरु यो अभियानमा जुटन अपिल गरेको छ । जिल्लाका पत्रकारहरुले जिल्लाका जनप्रतिनिधीहरु , शैक्षिक संघ संस्था , देश विदेशमा रहनु भएका दाजुभाई दिदी वहिनीहरुलाई सहयोगका लागि अनुरोध गरेका छन् ।

पत्रकार जनार्दन घिमिरे ललितपुरको क्यान्सर अस्पतालमा भएकी धर्मपत्नीलाई भारतको क्यान्सर अस्पतालमा लिएर भोली जाँदै छन् । सहयोग घोषण गर्न चाहनु हुने महानुभावले मोवाईल नम्वर सन्ध्या बस्नेत ९८६७२६२६६५, रिया बस्नेत ९८४७०१८५९९ वा प्रेम सुनार ९८५७०६१५३० मा सम्पर्क राख्नु होला । सहगोदाताले रकम राख्न परे पत्रकार जनार्दन घिमिरेको खाता नम्वर उपलव्ध गराईएको छ । राष्ट्रिय वाणिज्य बैक गुल्मी शाखा जनार्दन घिमिरे नम्वर ३०१००२००२२१० रहेको छ । सिधै पत्रकार घिमिरेलाई सम्पर्क राख्नु परे मोवाईल नम्वर ९८५७०२८४९५ रहेको छ ।

सहयोगदाताले उक्त खातामा रकम राखे पछि यस समाचारदाको उक्त नम्वरमा वा माथी उल्लेखित सहकर्मीको नम्वरमा विवरण टिपाई दिनु होला । वुटवलमा विष्णुप्रसाद भुसाल, विक्रम खड्का र कपिल ज्ञवालीले संयोजन गर्नु हुने छ । उहाँहरु मार्फत रुपन्देही र नवलपरासीवासीले सहयोग गर्न सक्नु हुने छ । काठमाण्डौमा पत्रकार भरत पाण्डे र अर्का पत्रकार मदन खनालले संयोजन गर्नु हुने छ । पाल्पामा पत्रकार जगदिश भट्टराईले संयोजन गर्नु हुनेछ । देश विदेश र जिल्लामा यसै समाचारदाताले संयोजन गर्ने छ ।

युरोपबाट सहयोग पठाउनको लागि
युरोपेली मुलुकमा रही सहयोग गर्न ईच्छुक महानुभावहरुले हेल्सिन्कीमा गुल्मीन्युज डट कमका संचालक सन्जु काउछा मगरलाई संपर्क गर्न सक्नुहुनेछ । युरोपको संयोजन गर्नुहुने काउछालाई जुनसुकै युरोपेली देशमा रहनुहुने महानुभावहरुले +358442021385 मा संपर्क गरेर सहयोग पठाउन सक्नुहुनेछ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D