gulminews logo
शुक्रबार, २०८० चैत्र १६

पछारिदै उठ्दै धुलो टकटकाएर अगाडी बढ्यौं, एमाले सिध्याईयो भन्नेहरुको सपना चक्नाचुर पार्यौँ: नेता ज्ञवाली

अनिल खत्री
२२ असोज, गुल्मी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपालको कम्युनिष्ट आन्दोलनमा नेकपा एमालेले पछारिदै उठदै अगाडी बढेको बताएका छन् । नेकपा एमाले कालिगण्डकी गाउँपालिका गुल्मीले दशैं तिहार छठ पर्वको अबसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा नेता नेकपा एमालेबाट माधव नेपाल सहित केहि नेताहरु बिहिरिएको बताएका छन् ।

पार्टीबाट चोइटिएर केहि नेताहरु जाँदा एमालेलाई यस्ता धक्का पटक–पटक चिर्दै आएको बताएका छन् । उनले २०५० सालमा नेपालको कम्युनिष्ट आन्दोलनमा जननेता मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रीत त्रिशुलीमा डुबाएर हत्या गरेर केहि मान्छेले एमाले कहिल्यै ब्युँतिने छैन भनेर सोचेको बताए । ‘तर हामीले धुलो टकटकायौं शरिरमा लागेका घाउहरुको रगत पुछ्यौँ”, नेता ज्ञवालीले भने, “९ महिने लोकप्रिय सरकार बनायौं, मदन भण्डारीको हत्या गरेर एमाले सिध्याइयो भन्ने सपना देख्नेहरुको सपना चक्नाचुर पार्यौँ, पछारिदै उठ्दै अगाडी वढ्यौ ।”

“२०५६ सालमा नेकपा एमाले बिभाजन गरियो”, ज्ञवालीले थपे, “अहिले जस्तो होइन ४३ प्रतिशत बिभाजनको पक्षमा लगे तर हामीले कसमा खाएर मैदान अगाडी बढ्यौँ र सफलता मिल्यो ।”

बिभाजन गर्नेहरु शुन्य भए । अर्को चरणमा माओवादी आयो, सबै माओवादी होकी जस्तो खालको अबस्था नै आयो ज्ञवालीले भने, ‘जातिय क्षेत्रिया, पहिचाहनको राजनितिको बिगबिगी सबै मान्छे उति बहकीए जस्तो अबस्था पनि आयो तर हामी बिचलित नभइ धुलो टकटकाएर अगाडी बढ्यौं’।
उनले ०७३ सालमा केपी ओली अघिल्लो चोटी प्रधानमन्त्री बन्दा नाका बन्दीको सामाना गरेर, चिनसँग पारबहान सम्झौता गरेर राष्ट्रियताको स्वाभीमानको शिर माथी खडा गरेको देशलाई एकपक्ष निर्भरता अत्य गरेको सरकारलाई ९ महिनामै घेरा बन्दी गरेको बताए । अहिले पनि यसै गरि घेराबन्दीमा परेका बताए ।

अहिले हामीलाई धक्का खएजस्तो सरकारबाट बाहिरीए जस्तो, पार्टी बिभाजन भएजस्तो जे देखेका छौं उनले भने, ‘जे हामीले देखेका छौं यो अस्थयी कुरा हो जब सूर्यको ताप बिस्तारै बढदै जाने छ एमाले जुरुक्क उठ्ने छ यी सबै चुनौती चिरेर अगाडी बढ्ने छ’ ।

सबैखालका शक्ती मिलेर एमालेलाई सरकारबाट बाहिर ल्याउनको निम्ती गरिएको षडयन्त्र गरेको बताए । उनले जनताको नजरबाट तलमाथी नभएको जिकिर गर्दै यस्ता घटनाबाट बिचलीत नभई अगाडी बढन कार्यकर्तालाई आग्रह गरे ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D