gulminews logo
बिहीबार, २०८१ बैशाख १३

नेवारहरुको सामुदायिक भवन बनाउन २ रोपनी भन्दा बढी जग्गा नि:शुल्क दान

कौरव खत्री
गुल्मी, २९ पौष । गुल्मी वामीका नेवार समुदायहरुको संस्था नेवा बर्जु पुंचको लागि दुई व्यक्तिद्धारा निशुल्क रुपमा जग्गा प्रदान गरेका छन् ।

मुसिकोट नगरपालिका वडा नं. ७ वामी निवासी मोहनलाल श्रेष्ठ र मनोज श्रेष्ठले संयुक्त रुपमा सोही वडा इस्मालीथान रहेको २ रोपनी भन्दा बढिको जग्गा संस्थाको लागि सहयोग गर्नुभएको नेवा बर्जु पुचका कोषाध्यक्ष चिरिञ्जीवी शाक्यले जानकारी दिए ।

साथै प्रदान गरिएको जग्गामा मन्दिरसँगै भवन निर्माण गरिने हुदा नेवार समुदायका नेवारी संस्कृतिको इही, ब्रतवन्ध, विवाह, भोज लगायतका कार्यहरु गर्न निकै सहज हुने कोषाध्यक्ष शाक्यले जानकारी दिए । परम्परादेखि नै नेवा बर्जु पुंच मार्फत नेवार समुदायले आफ्नो कला संस्कृति र रीतिरिवाजहरुको संरक्षण तथा प्रर्वद्धन गदै आइरहेका छन् ।

संस्थाको पहलमा नेवास समुदायले आफ्ना विभिन्न नेवारी कला संस्कृति र झाँकीहरु लगायतका कार्यक्रमहरु समय समयमा देखाउदै आएका नेवार समुदायको हितका लागि विभिन्न कार्य गरिने समाजसेवी शुन्दर प्रधानले जानकारी दिए ।

उक्क्त प्रदान गरिएको जग्गालाई छिट्टै आफ्नो संस्थाको नाममा रजिष्ट्रेशन पास लिने संस्थाले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D