नेपाल मगर संघ हुँगाको आयोजनामा छात्रवृत्ती वितरण

गोविन्द भट्टराई
गुल्मी, जेठ २० । नेपाल मगर सघं हुँगाको आयोजनामा जन जागृति माध्यमिक विद्यालय छत्रकोट १ हुँगा गुल्मीमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।

स्व.चिन्तामणी ढेगा श्रीमती चन्द्रकला ढेगा र गंगा थापा मगरको स्मृतिमा छात्रवृत्ति वितरण गरिएको हो ।

नेपाल मगर सघं हुँगाका अध्यक्ष रण बहादुर पल्लीको अध्यक्षता रहेको कार्यक्रममा प्रमूख अतिथी संयोजक तथा पुरस्कार दाता हर्ख बहादुर ढेगा, विशिष्ट अतिथी सल्लाकार हुम बहादुर पल्ली, अतिथी नेकपा गाउँकार्य समिति अध्यक्ष थानेश्वर भण्डारी, कांग्रेस गाउँकार्य समिति अध्यक्ष महेश्वर भण्डारी लगायतको आथिथ्यता रहेको थियो ।

सल्लाकार सदस्य अम्मर बहादुर पल्लीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा हर्ख बहादुर पल्ली, थानेश्वर भण्डारी, महेश भण्डारीले मन्तव्य राख्नु भएकाृ थियो भने विद्यालयका प्रधानध्यापक कमला भण्डारीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

२०५८ साल देखि वितरण गर्दै आईरहेको छात्रवृत्ती अहिले रु ८० हजार बराबरको जेहेन्दार तथा अर्थिक अवस्था कम्जोर भएका विद्यार्थीहरुलाई वितरण गरिएको थियो । जसमा जेहेन्दार विद्यार्थीलाई रु १५ सय र आर्थिक अवस्था कमजोर भएका ६० जना विद्यार्थीलाई रु १ हजारको दरले छात्रवृत्ति वितरण गरिएको थियो ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D