gulminews logo
मंगलवार, २०८१ बैशाख २५

नेपाल एयरलाइन्सको नारिता उडान मार्च २ देखि: दुई तर्फी भाडा ७३ हजार, २ वटा लगेज सुविधा

काठमाडौं, माघ २७ । नेपाल एयरलाइन्सले फागुन फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा उडान सुरु गर्ने भएको छ । एयरलाइन्सले एयरबसको ए ३३० वाइडबडी जहाजबाट उडान गर्ने छ।

हप्तामा तीन उडान गर्ने एयरलाइन्सले यसअघि जापानकै ओसाका उडान गर्दै आएको छ । सोमबार, बुधबार र शुक्रवार उडान हुने एयरलाइन्सले जानकारी दिएको छ। काठमाडौंबाट बिहान १:२५ मा जहाज उड्ने छ भने नारितामा स्थानी समयअनुसार बेलुका ६:२५ मा अवतरण हुने एयरलाइन्सले बताएको छ। एयरलाइन्सले काठमाडौं-नारिता उडानका लागि प्रबर्द्धनात्मक भाडादर निर्धारण गरेको छ।

एयरलाइन्सका अनुसार नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरेको छ । विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५/२५ के.जी. का २ ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ के.जी.का २ वटा व्यागेजको सुविधा पाउने एयरलाइन्सले जानकारी दिएको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D