gulminews logo
बिहीबार, २०८१ बैशाख १३

नेत्र बिक्रम चन्द “विप्लव”लाई गुल्मीबाट खुल्ला पत्र

विप्लव दाई
आरामै हुनुहुन्छ हाेला ! यहाँ म र हाम्रो सबै टिम (जनता) ठिकै आरामै छाैँ । तपाईंलाई पनि आरामकाे कामना गर्दछु, गर्दछौं ।

आजकाे वन्दले हामी निकै उत्साहित छाैँ । किनभने सदा जस्तो विहानै ५ बजे उठ्नुपरेन । चिसाे पानीले बिहानै मुख छ्याप्नु परेन । निद्रा नपुग्ला भन्ने चिन्ता नै भएन । स्कुल ठ्याक्कै बन्द, धाउनैपरेन । कामकाज नि सधैकाे जस्ताे गर्नुपरेन । दिउँसो भरि आनन्द भयाे । ढाडै दुख्न सम्म सुतियाे ।
विप्लव दाइ आजको याे वन्दले मलाई लाग्याे अब हप्तामा एकदिन बन्द गर्ने पर्छ । बम पड्काउनै पर्छ । साेझा जनता मार्ने पर्छ । जनप्रतिनिधि तर्साउनै पर्छ । छपार्नुपर्छ । थर्काउनु पर्छ । हान्नुपर्छ । बम अब चाैरमा हाेइन घरघरमा पड्काउनुपर्छ ।

मैले तपाई लाई याे कुरा निवेदन गर्छु कि अब बन्द हप्तामा १ दिन गर्ने पर्छ । हाेइन भने हामीले हप्तामा दुईवटा शनिवार हुनै पर्छ । आजको बन्दले म मात्रै हाेइन धेरै खुसी छाेँ । अबका दिनमा पनि तपाईंकाे बन्दकाे प्रतीक्षा गरिरहने छाैँ । गर्नेछाैँ ।

विप्लव दाइ,
नेपाली जनताहरुले तपाईंको बन्दबाट यस्तै सोच्दै छन् भन्ने ठान्दै हुनुहुन्छ ? बिल्कुल गलत, तपाईंको बन्द र बम आतंक, चन्दा आतंकले सबैलाई त्रासमा राखेको छ । तपाईंले साेझा जनता मारेर के पाउनुहुन्छ ? बन्दले महलमा बस्नेहरु ऐस आराम गर्छन् । सास्ती खेप्ने त केवल हामी जनताले हाेइन र ? तपाईले साेझा जनता हाेइन भष्ट्रचारीको बिरोध गर्नुस्, कारवाही गर्नुस् हाम्रो त्यसमा हाम्रो केही बिमती छैन ।
सोझा साझा जनता बस्ने घर र निर्दोष बालबच्चा खेल्ने चाैरमा बम पड्काउने कामको कदापी समर्थन गर्न सकिँदैन । हामी जनतालाई त्रासरहित राखेर नराम्रा कामकाे बिरोध गर्नुस् याे नेपाली मनदेखि सलुट हान्न चाहान्छाैँ ।

आज विभिन्न ठाउँमा बम पड्काएर क्षति गराउनु भन्दा सिंहदरबार भित्र रजाँई गर्नेहरुका अराजक गतिबिधिहरुको भन्डाफोर गर्नुभएको भए अती उत्तम हुने थियो । राजनिती काे नाममा आसेपासे र आफन्तकाे पक्षपोषण मात्रै गर्नेलाई त्यहाँ लगाउने मुद्दा लिएर जनता माझ आउनुस् सबैले ताली ठोक्ने छन् ।

विप्लव दाइ,
मैले फेरी याे भन्छु कि तपाईको बन्दको नाउँमा कसैकाे अनाहकमा ज्यान गुमाउन नपरोस, दिनभरी मजदुरी गरेर बेलुका छाक टार्नेले भोकै बस्न नपरोस अनी अस्पातल हिँडेकी सुत्केरीले बाटैमा ज्यान गुमाउन नपरोस् । भष्ट्रचारी, दलाली, चाेर, डाँका राजनीतिकाे नाममा देश बेच्नेहरुलाई कारवाही गर्नुस्, जनताले तपाईंकाे जयकार गर्नेछन्, चोक्चोकमा बम पड्काएर हैन ।

शुभकामना ।

उही सकारात्मक परिवर्तन चाहने तपाईंको जनता

सन्तोष महतारा
हाल: तम्घास, गुल्मी

(महतारा गुल्मीमा कृयाशिल पत्रकार हुन्, उनी सामुदायिक रेडियो स्काई एफ.एममा कार्यरत छन् ।)

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D