gulminews logo
शनिबार, २०८१ बैशाख २२

नेकपा समाजवादी पार्टी गुल्मीले गर्‍यो उम्मेदवारहरु सिफारिस, हेरौँ दुबै क्षेत्रमा को को परे सिफारिसमा

गुल्मी, भदौ २६ । नेकपा समाजवादी पार्टी (नेसपा) गुल्मीले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीको जिल्ला समन्वय समिती गुल्मीको शनिबार बसेको बैठकले प्रत्यक्ष तर्फ दुबै निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरु सिफारिस गरेको हो ।

प्रतिनिधि सभा क्षेत्र नं. १ बाट मदाने गाउँपालिका ६ का राजेन्द्र जि.सी. र क्षेत्र नं २ का लागि धुर्कोट गाउँपालिका २ का गणेश कुँवर सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नं १ “क” का लागि खड्ग बोहोरा र “ख” का लागि सरोज गुरुङ लाई सिफारिस गरेको नेसपाका केन्द्रिय समिती सदस्य तथा उम्मेदवार चयन समिती संयोजक गणेश कुँवरले गुल्मीन्युज डट कमलाई जानकारी दिए ।

निर्वाचन क्षेत्र नं २ प्रदेश “क” तर्फ बास बहादुर थापा र “ख” तर्फ खडग वि.क.लाई सिफारिस गरेको पनि पार्टीले जनाएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D