Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
नेकपा एकता प्रक्रिया अन्तिम चरणमा, प्रदेश ५ को कुन जिल्लामा को अध्यक्ष ? (विवरण सहित) - Gulminews

नेकपा एकता प्रक्रिया अन्तिम चरणमा, प्रदेश ५ को कुन जिल्लामा को अध्यक्ष ? (विवरण सहित)

प्रेम सुनार
बुटवल साउन–३१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जसअनुसार प्रदेश ५ का जिल्ला अध्यक्षहरुमा सहमति भएको छ ।

प्रदेश ५ का १२ ओटै जिल्ला अध्यक्षको टुंगो लागेको छ। जसमध्ये ७ ओटामा पूर्वएमाले र ५ ओटामा पूर्वमाओवादीका नेताले अध्यक्षको जिम्मेवारी पाएका छन्। यो प्रदेशबाट जिल्ला अध्यक्ष हुनेहरूको नामसमेत प्रदेश कार्यदलबाट सर्वसम्मत सिफारिस भइसकेको छ ।

पूर्वएमालेले दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, गुल्मी र पाल्पा जिल्लाको अध्यक्ष पाएको छ। पूर्वमाओवादीले बर्दिया, बाँके, पूर्वी रुकुम, रोल्पा र नवलपरासीको अध्यक्ष पाएको छ।
अध्यक्ष पूर्वएमालेले पाएका जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएका जिल्लामा सचिव एमालेतर्फका नेताले पाएका छन्।

जिल्लामा रहेका नेतामध्ये कुनै सरकारी लाभमा नगएकामध्ये सबैभन्दा माथिल्लो तहका नेतालाई अध्यक्ष बनाउने कार्यविधिअनुसार जिल्ला अध्यक्षहरु सिफारिस गरिएको स्रोतले जनाएको छ । जसअनुसार दाङमा शिवकुमार आचार्यको नाममा सहमति भएको छ । उनि यसअघि एमाले प्रदेश कमिटी सदस्य थिए ।

त्यस्तै प्यूठानमा तुलसीराम शर्मा, कपिलवस्तुमा छविलाल पोखरेल, अर्घाखाँचीमा पीताम्बर आचार्य, रूपन्देहीमा गोपाल भट्टराई, गुल्मीमा बालासिंह काउत्छा र पाल्पामा राधाकृष्ण कँडेलले अध्यक्ष पाएका छन्। यी सबै पूर्वएमालेका नेता हुन्।

त्यस्तै पूर्वमाओवादीको तर्फबाट रुकुम पूर्वमा पुराना सैन्य कमाण्डर होमप्रकाश श्रेष्ठको नाम सिफारिस भएको छ । हिमाल उपमानबाट क्रियाशील उनि रुकुम पूर्वको भूमे– ७ गुमान निवासी हुन भने जनमुक्ति सेनाको ब्रिगेड कमाण्डरसम्म पुगेका नेता हून ।

त्यस्तै रोल्पामा सुरेन्द्र थापा घर्तीले अध्यक्ष पाउने भएका छन । ध्रुव उपनामबाट क्रियाशील उनि जनयुद्धकालमै जिल्ला सेक्रेटरी र पछिल्लो समय माओवादी केन्द्रको जिल्ला अध्यक्ष थिए ।
त्यस्तै बर्दियामा भुवन थारु, बाँकेमा अक्कलबहादुर बम र नवलपरासीमा घनश्याम यादवले अध्यक्ष बन्ने निश्चित भएको छ ।

प्रदेश ५ र अन्तर्गतका जिल्ला कमिटीहरूमा पूर्वएमाले र माओवादीको संख्यात्मक हिस्सा कति–कति रहने टुंगो लागेको छ । २ सय ३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेका १ सय ६ र माओवादीका ९७ जना रहने टुंगिएको छ ।

जिल्लागतरुपमा दाङमा पूर्व एमालेबाट ५५ र पूर्वमाओवादीबाट ४५ प्रतिशत, गुल्मीमा पूर्वएमाले ६० र पूर्वमाओवादी ४० प्रतिशत, रुपन्देहीमा पूर्वएमाले ६० र पूर्वमाओवादी ४०, पाल्पामा पूर्वएमाले ६० र पूर्वमाओवादी ४० प्रतिशत, प्युठानमा पूर्वएमाले ५५ र पूर्वमाओवादी ४५ प्रतिशत, बाँकेमा पूर्वएमाले ५५ र पूर्वमाओवादी ४५ प्रतिशत, नवलपरासीमा पूर्वएमाले ५५ र पूर्वमाओवादी ४५ प्रतिशत, कपिलबस्तुमा पूर्वएमाले ५५ र पूर्वमाओवादी ४५ तथा अर्घाखाँचीमा पूर्वएमाले ५५ र माओवादी ४५ प्रतिशत हिस्सा रहने एक कार्यदल सदस्यले जानकारी दिए ।

यसैगरी रोल्पामा पूर्वमाओवादी ६० र पूर्वएमाले ४० प्रतिशत, पूर्वी रुकुममा पूर्वमाओवादी ६० र पूर्वएमाले ४० प्रतिशत हिस्सा बाँड्न सहमत भएका छन् । बर्दियामा भने दुवैको बराबरी हिस्सा रहने भएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D