Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
निर्वाचन भाँड्न अँध्यारो कोठामा बसेर षडयन्त्र भइरहेको छ : विष्ट - Gulminews

निर्वाचन भाँड्न अँध्यारो कोठामा बसेर षडयन्त्र भइरहेको छ : विष्ट

काठमाडौं, कात्तिक १२ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले गरीबि र बेरोजगारी अन्त्य नगरेसम्म सबल नेपाल निर्माण नहुने बताएका छन । त्यसका लागि सबै कम्युनिष्टहरु एक भएर विकास र सम्बृद्धि लागि जुट्नु पर्ने बताए ।

उनले जनताको आर्थिक समृद्धि र सवल राष्ट्र निर्माणका लागि बाम एकता भएको बताएका छन् । नेपाली कम्युनिष्ट विभाजीत गरेर जनतालाई सँधै गरीब राख्ने एउटा बर्ग क्रियाशिल रहेकोले गरीबि र बेरोजगारी अन्त्यका लागि स्थीर सरकार चाहिने र त्यसका लागि कम्युनिष्ट एकता अनिवार्य भएको बताए ।

‘खान लगाउन नपाएका जनताको नेतृत्व जबसम्म कम्युनिष्टले गर्दैन तवसम्म देशको आर्थिक समृद्धि हुँदैन’ एमाले र माओवादीका सम्पर्क मञ्चहरुको संयुक्त बाम भेलालाई सम्बोधन गर्दै उनले भने ‘गरीबि र बेरोजगारी अन्त्य नगरेसम्म सबल नेपाल निर्माण हुँदैन त्यसैले कम्युनिष्टहरु एक भएर जनतालाई सँधै गरीव राख्ने बर्गको विरुद्ध लाग्नुपर्छ ।’

उनले देशमा सँधै सरकार गठन गर्न अरुले कुन संकेत गर्छन भन्ने कुरा अन्त्य भएपछि समृद्धिको दिशामा गति लिने बताए ।

उनले अहिले नेपाली काँग्रेसले अरु शक्ति केन्द्रलाई प्रयोग गरेर चुनाव भाँड्न लागिरहेको आरोप लगाए । तर त्यसको परीणाम राम्रो नहुने उनले चेतावनी दिए । ‘निर्वाचन भाँड्न अँध्यारो कोठामा बसेर षड्यन्त्र गरीरहेको छ’ उनले भने ‘कतिपय संबैधानिक निकायलाई प्रयोग गरेर जनताको जनमत रोक्ने काम ग¥यो भने परीणाम राम्रो हुने छैन ।’

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D