gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

नियन्त्रित लागूऔषध सहित कारमा सवार गुल्मीका भुसाल पक्राउ

काठमाडौं, भदौ २ । नियन्त्रित लागूऔषध सहित गुल्मीका एक युवा पक्राउ परेका छन् । नवलपरासी (पूर्व) विनयीत्रिवेणी गाउँपालिका-१ स्थित सडकबाट गुल्मीका एक सहित रुपन्देहीका अर्का एकजना पनि पक्राउ परेका छन् ।

नियन्त्रित लागूऔषध ४ सय ९० एम्पुल डाईजेपाम, ४ सय ९९ एम्पुल फेनारगन र ४ सय ८२ एम्पुल ब्रुपेनुर्फिन सहित उनिहरु २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गुल्मी सिर्सेनीका ३० वर्षीय प्रेम बहादुर भुसाल र रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका-१० का २९ वर्षीय सोम बहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ ।

लु.१ ज ३९४८ नम्बरको कारलाई ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा कारमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D