gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

नारी दिवस र परिर्वतनले ल्याएको खुसी

सुनिता कँडेल
भनिन्छ, संसारमा दुईवटा मात्र जाती छ, एउटा ‘पुरुष’, अर्को ‘स्त्री’ जाती । जुन घरमा नारी हुन्छीन् त्यो घरमा लक्ष्मीको बास हुन्छ । नारी महान हुन् यी हाम्रो समाजमा महिलाहरुको निम्ति भनिने, सुनिने वाक्यहरु हुन् ।

आज विश्व विकासको गतिमा धेरै फड्को मारिरहेको छ । तर हामी भने महिला समानताको कुरा कहाँबाट शुरु गर्ने भन्ने विषयमा अझै पनि अन्योलमा छौं । साच्चिकै भन्ने हो भने यो यो धर्तिमा एउटा हिस्सा ओगटेका महिलाहरु अझै पनि हक अधिकारको निम्ति आवाज उठाउनु पर्ने बाध्यता छ ।

सुनिता कँडेल

आज एउटा महिलाहरुले अधिकारस्थापना भएको दिन । यो दिन संसार भरका महिलाहरुसंघर्षको जितको रूपमा मनाउँने गरेका छन् । सन् १८५७ न्युयोर्क सहरको कपडा कारखानामा काम गर्ने हजाराँै श्रमिक महिलाहरूले १८ घन्टा कामको सट्टामा १० घन्टा हुनुपर्ने, समान कामको समान ज्याला पाउनुपर्ने लगायतका मागहरू राखी ठूलो आन्दोलन गरेका थिए ।

लामो आन्दोलनपछि श्रमिक महिलाहरूको उक्त मागलाई सम्बोधन गरिएकाले सन् १९१० मा अन्तर्रा्ष्ट्रिय महिलाहरूको कोपनहेगनमा भएको दोश्रो अन्तराष्ट्रिय सम्मेलनमा महान् नेत्री क्लारा जेट्किनको प्रस्ताव पारित गर्दै, सन् १९११ देखि ८ मार्चलाई संसारभरि नै अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन थालिएको हो ।

जुन आजसम्म पनि विश्वभरिका श्रमिक महिलाहरूले ८ मार्चलाई आफ्नो संघर्षको जितको रूपमा मनाउँदै आइरहेका छन् । यस दिवसको दिन सरकारी तथा गैरसरकारी क्षेत्रबाट नारी हक हितको पक्षमा आवाज उठाएरमात्र महिलाको समस्या समाधान हुनेवाला छैन् । विशेषगरी राज्यले आवश्यक पहल नगरेसम्म सोचेअनुसारको परिणाम आउन सक्दैन ।

मुलुकमा पछिल्लो समयमा महिला हिंसाको क्रम बढ्दै गएकोले यसको न्यूनीकरणको लागि ठोस कार्ययोजना ल्याउनु आवश्यक छ । सरकारी स्तरबाट नारी हितको लागि केही प्रयास भएपनि यो पर्याप्त छैन् । कानुनमा भएका व्यवस्थालाई व्यवहारमा कार्यान्वयन हुने अवस्था सिर्जना नभएसम्म नारीहित कथनीमै सिमित हुनेछ । केहि हदसम्म मुलुकमा बिभिन्न समयमा भएका राजनीतिक परिवर्तनसँगै नारीप्रति हेरिने दृष्टिमा पनि धेरै अन्तर आएको छ ।

संविधान, कानुन, नीति, नियम आदिमा नारी अनुकूल व्यवस्था बढ्नु आफंैमा सुखद पक्ष पनि हो । परिर्वतनले नै आज धेरै महिलाहरु उच्च पदमा पुगेका पनि छन् । महिलाहरुको निम्ति यो महान उपलब्धी पनि हो । संबिधान जारी भएपछि धेरै अधिकारहरु स्थापित भएको पनि छ । धेरै ठाउँमा महिलाहरुको नेतृत्व देख्न सकिन्छ । यसले महिलाहरुमा ठूलो परिर्वतन पनि ल्याएको छ । यो परिर्वतनले महिलाहरुमा खुसी हुनुपर्ने एउटा महत्वपूर्ण उपलब्धी हो ।

तर समाजमा अझैपनि केहि सोच भने अझै पनि पुरातन वादी छ । घरमा मात्रै होइन समाजमा पनि नारि,महिलाहरुलाई अझै पनि गरिने व्यवहारमा परिर्वतन आएको छैन् । एउटा समाजमा एउटै वर्ग तर भिन्न सोच छ हामी माझ । जन्मीदँै बिभाजित, जन्मीदै अपहेलित हुनुपर्ने यो अबस्था अझै सम्म पनि रहेको छ । छोरी जन्मीदा अझैपनि हाम्रो समाजका मान्छे निराश हुन्छ शिर निहुराउनु यो समाजमा एटा वर्ग अझै पनि रहेको छ । कारण हाम्रो समाज अझै पनि पुरुषवादी सोच हटन सकिरहेको छ्रैन् । बाध्यताले पनि मान्छे जस्तो माज उस्तै बन्नू पर्ने हुन्छ ।

हामीले ठूला कुरा गरेर महिला मैत्री अधिकार भन्छौ तर व्यवहारमा भने केहिहदसम्म परिर्वतन आउन सकिरहेको छैन् । किनकी समाजमा पुरुषवादी सोच पुरुषवादी चिन्तनले छोरी,महिलाहरु दबिब्न बाध्य छन् । अबसर पाए यो समाजमा के महलिा के पुरुष काम गर्न सक्छन् तर हामीले छोरा छोरी भन्ने मतभेद त्याग्नु जरुरी छ । अहिले पनि समाजमा धेरै विषय बस्तुमा बिभाजित नै छ । यहि समाजका एउटा हिस्सा ओगटेको नारी तर अझैपनि बिभाजनको शिकार बन्नू परेको छ । कुनैपनि अधिकारको क्षेत्रमा होस् हरेक कारण बिभाजन र पुरातनवादी सोच हटेको छैन् । नारि, महिला शब्दमै जसले भिन्नता दृष्टीले हेर्दछ यसले केहि गर्न सक्दैनन् भन्ने सोच राख्दछ कहिल्यै पनि समाज परिर्वतन हुनेवाला छैन् ।

महिला अधिकार हनन्का घटनाहरुमा हत्या, बलात्कार,बलात्कारका प्रयास,बोक्सीको आरोपमा यातना, यौन हिंसा घरेलु हिंसाका घटनाहरु दिनानु दिन वढेका छन् । यसले पनि सैद्वान्तिक र नीतिगतरूपमा महिला अधिकार लैङ्गिक सन्तुलनका जतिसुकै कुरा गरेपनि महिलामाथि हुने हिंसा कम हुनेमा परिवर्तन आएको देखिदैन् । नेपालको कुल जनसङख्यामा महिला ५१.५० प्रतिशत रहेको छ । यसले पनि प्रष्ट रहेको छ हाम्रो समाजमा महिलाहरुको जनसंख्य धेरै छ । तर हाम्रो समाजमा छोरा छोरी बिचको भिन्नताको सोच भने जगडिएको छ । संख्याले मात्रै नहुने खासमा मान्छेको सोचमा परिर्वतन हुनु जरुरी छ ।

हामीले छोरा छोरीको भिन्नतालाई चिर्न छोरीलाई उचित शिक्षा दिक्षा र सोहि अनुसारको वातावरण तयार गरिनु जरुरी छ । महिलाहरुमा परिर्वतन नआएको केहि हुदै नभएको त होइन् । तर पछिल्लो समयमा यसमा केहि हदसम्म कमी आएको पनि छ । छोरीहरुपनि अबसर पाए केहि गर्न सक्छन भन्ने उदाहरण पेस पनि गरेका छन् । कहि कतै नै महिलाहरु अगाडी बन्न खोजे नकरात्मक सोचले हेर्ने गरिन्छ । यसले पनि अगाडी बढ्न चाहने इच्छा शक्तिीलाई खुम्चाएर बन्न बाध्य बनेका छन् । महिलाहरु केवल चुलो चौकोमा सिमित हुनुपर्ने मानसिकता पुरुषहरुमा छ ।

यसले पनि छोरीहरुले बाहिरको काम बारे ज्ञान नहुनुले उनिहरु कम्जोर हुन्छन् । तर हाम्रो सामु जगडिएको छोरा र छोरी बिचको जुन सोचाई छ त्यो यसै हटनेवाला छैन् । त्यसको निम्ति सबैले आफ्नो तर्फबाट खुल्ला हृदय बनाएर छोरा महिलालाई एउटै रथका दुइ पाङग्रा हुन भन्ने सोचले समान व्यवहार,समान अधिकार समान सम्मान गरियो भने पक्कै पनि समाज परिर्वतन आउने छ । अत्यमा सबै महिला दिदि बहिनीहरुमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ।
तम्घास गुल्मी।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D