gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

नविन रुक्मिणी भट्टराईको प्रस्तुतीमा ‘अभागी त म हुँ….’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं, माघ २० । गुल्मीमा जन्मेर लामो समयदेखि फिनल्याण्डमा बसिरहेका नविन रुक्मिणी भट्टराईको ‘अभागी त म हुँ…’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक कुशल कुशल बेल्बासे र गायिका सुनितामी परियारको आवाजमा ‘अभागी त म हुँ….’ बोलको गीत बजारमा आएको हो । पछील्लो समयका ब्यस्त सर्जक डा. शिव सुवेदीको शब्द तथा संगीतमा तयार पारिएको गीतमा गायक तथा कलाकार खेम सेञ्चुरी र जुना गुरुङको उत्कृष्ट अभिनय रहेको छ ।
शिव सुवेदी युट्युव च्यानल मार्फत आईतबार देखी बजारमा आएको गीतलाई कलाकार तथा निर्देशक विनोद भण्डारीले निर्देशन गरेका हुन् । गीतमा मायालुलाई बाध्यताले छोड्नु परेको भावलाई समेटिएको छ । एक अर्काबीच माया हुँदा हुँदै पनि बाध्यताले छुट्टिन परेको कथालाई सेञ्चुरी र गुरुङले अभिनयमार्फत उतारेका हुन् ।

पछिल्लो समय गीत लेखन र संगीतमा सर्जक डा. सुवेदी निकै चर्चित र लोकप्रिय छन् । ०६५ सालमा घाम जस्तो चम्किलो जुन हुँदैन पछिका उनका गीत सबै लोकप्रिय बनेका छन् । निर्देशनमा आफ्नो दख्खल सावित गराउन सफल भण्डारीले निर्देशन गरेका कपालु कोरेर, आफ्नोपन लगायतका गीतले दर्शकश्रोताले अत्यधिक माया पाएका छन् ।

सेञ्चुरी गीत–संगीतका हरेक विधामा सफल मानिएका कलाकार हुन् भने यस गीतमा स्वर भरेका कुशल बेलबासे लामो समयदेखि प्रत्यक्ष दोहोरीमा जमेर बसेका गायक हुन् त्यसैगरि गायिका परियारले पनि आफ्नो मीठो स्वरले श्रोताको मन जीतेकी छिन् ।

गुल्मीमा जन्मेर लामो समयदेखि फिनल्याण्डमा रही ब्यवसाय र संगितकर्मलाई सँगसँगै डोर्याईरहेका नविन रुक्मिणी भट्टराईले आफ्नो पछील्लो प्रस्तुती सार्वजनिक भए लगत्तै प्राप्त साकारआत्मक प्रतिकृयाहरुले आफुहरु थप उत्साहित भएको बताए । नविन आफैंमा पनि गायक हुन् । उनका तिम्रै झल्को दियो, आमा, नसोध कसैले लगायतका गीत बजारमा आइसकेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D