gulminews logo
शनिबार, २०८१ बैशाख २२

नरपानीका पछील्ला १२ दुर्घटनाका डरलाग्दा तथ्यांक: दर्जनौँको मृत्‍यु, सयौँ घाईते

काठमाडौं, मंसिर ११ । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बुटवल जादै गरेको बसको बुधवार नरपानीमा दुर्घटना हुँदा जना १९ को मृत्युु भएको छ । यो समाचार तयार पार्दा सम्म ११ पुरुष, १ बालक र ७ महिला गरी १९ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा परि १४ जना घाइते भएका छन्।

बुधबार दिउँसो दिउँसाे १.३० बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल जादै गर्दा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानी घुम्टीको बिचमा पर्ने (नरपानी बजार नजिकै) कालाखोला / रातामाटामा दुर्घटना भएको हो ।

यो पछील्लो दुर्घटनाको कारण सिंगो अर्घाखाँची जिल्ला शोकमा छ यतिबेला । शोकमा रहेका जिल्लाका उद्योगी-ब्यवसायीहरुको सँस्था उद्योग बाँणिज्य संघ अर्घाखाँचीले आज बिहीवार सन्धिखर्क, चुत्रावेशी लगायतका मुख्य बजार बन्द राख्ने जानकारी प्राप्त भएको छ ।

अर्घाखाँचीमा गएको ७ वर्ष भित्रको तथ्याङलाई हेर्दा जतिबेला पनि नरपानी क्षेत्रमा नै बढी सवारी दुर्घटना भएको देखिन्छ । साँघुरो सडक, गाडीका चालकको लापर्वाहीका कारण, तीव्र गति, मदिरापानका कारणले हरेक सवारी दुर्घटना भईरहने प्रहरीको भनाई छ । नरपानीमा भएका दुर्घटनाको तथ्याङ एकदमै डरलाग्दो छ, हेरौँ अर्घाखाँची डट कमले संकलन गरेको यस्तो तथ्यांक:

  • २०६९ साउन ७: नरपानी गाविस वार्ड नं ५ दहखोलाको चिप्लो मोडमा दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०६९ साउन ८: नरपानी दहखोलामा फोर्स जिप दुर्घटना हुँदा १५ जनाको मृत्‍यु
  • २०७० पौष १६: नरपानी ५ जगतामा ट्याक्टर दुर्घटना हुँदा हरि बहादुर खड्काको मृत्‍यु
  • २०७० पुस २२: नरपानी-४ फुद्बांग बजार नजिकै बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४२ घाइते
  • २०७० माघ २२: नरपानी गाविस वाड नं. ५ दहखोलामा एम्बुलेन्स दुर्घटना हुँदा सहित तिन जना घाइते
  • ०७१ वैशाख १७: नरपानी गाविस वार्ड नं. ५ जगत बहखरमा बस र ट्रक दुर्घटना हुँदा १९ जनाको मृत्यु, ४५ जना घाईते
  • २०७२ फाल्गुन २: नरपानीको घुम्ती दहखोला नजिक गहतडाँडामा गाडी दुर्घटना हुँदा ४ जना घाइते
  • २०७२ फाल्गुन ३: नरपानी नजिक खाँचीकोटको बाघमारामा कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु, तीन जना घाइते
  • २०७२ फाल्गुन २२: नरपानीको रातामाटामा (नरपानी र घुम्तीको विचमा), जीप दुर्घटना हुँदा एक जनाको मृत्यु अर्का १ घाईते
  • २०७४ कार्त्तिक ६: जगत (नरपानी मुनी ढाडखोला नजिकै) मा जीप दुर्घटना हुँदा १ जनाको मृत्‍यु, ८ जना घाइते
  • २०७४ फाल्गुन १४: डोटे बेसरीको जंगलमा दुई यात्रुवाहक बस एक आपसमा ठोक्किएर दुर्घटना
  • २०७६ कार्त्तिक २०: नरपानीको दहखोलामा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D