gulminews logo
बुधबार, २०८१ बैशाख २६

नयाँ वर्षलाई सुनिता दुलाल र दिनेश परियारले ल्याए ‘हुन्न कसैको…’ (भिडियो सहित)

काठमाडौं, ३१ चैत । नयाँ नेपाली मौलिक लोक दोहोरी गीत ‘हुन्न कसैको…’ भिडियो सार्वजनिक गरिएको छ । नयाँ वर्षको पूर्व सन्ध्या पारेर यो गीतलाई नयाँ गायिका सुनिता दुलालकै च्यानलबाट सार्वजनिक गरिएको हो ।

यो लोक दोहोरी गीतलाई गायिका सुनिता दुलाल र गायक तथा संगीतकार दिनेश परियारले गाएका छन् । गीत उनीहरुको स्वरमा निकै कर्णप्रिय बनेको छ । जसमा दिनेश परियारको शब्द, संगीत तथा एरेन्ज रहेको छ ।

अहिलेका ब्यस्त मानिने मोडल अर्जुन गौतम र आलिशा बास्तोलाले यो गीतको भिडियोमा अभिनय गरेका छन् । यी दुई कलाकारका साथमा प्रकाश कुमार दर्लामी, सौगात जंग थापा, साइमन भट्टराई, कमला बस्नेत ,समिक्षा भुजेललगायतको अभिनय रहेको छ ।

भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन् । जसमा सुजन श्रेष्ठको छायाँकन रहेको छ । यो गीतको भिडियोलाई दोलखा तथा सिन्धुपाल्चोकको रमणीयस्थलमा छायाँकन गरिएको छ । भिडियोको कथामा लेकमा बस्ने गोठालो हरुको कथालाई समेटिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D