gulminews logo
शनिबार, २०८१ बैशाख ८

नयाँ लोकदोहोरी “कसम”: आमाको गीतमा छोरीको डेब्यू

सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत लोक दोहोरी गीत “कसम…” सार्वजनिक गरिएको छ ।

चर्चित सर्जक शिव हमालको शब्द र संगीत संयोजन रहेको यो म्युजिक भिडियोमा मृदुल स्वरकी धनी लोक गायिका अञ्जना रायमाझी र सुमधुर स्वरका धनी गायक विमल परियारको स्वर रहेको छ।

सर्जक तथा लोक गायक बैकुण्ठ रायमाझीले दर्जनौँ गीतमा शब्द र संगीत संयोजन गरिसकेका छन् भने केही समय अघि मात्र स्वर्गीय आमा प्रति समर्पित गीत ‘दुधको भारा’ सार्वजनिक गरेका छन्‌ जसमा शब्द र संगीत संयोजन, स्वर र अभिनय उनी स्वयंको रहेको छ। यस गीतकी गायिका अञ्जना रायमाझी उनै बैकुण्ठ रायमाझीकी धर्मपत्नी हुन भने यस म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी स्मृति रायमाझी सुपुत्री हुन् ।

सानैदेखि युरोपका विभिन्न कार्यक्रमहरूमा नृत्यकला प्रस्तुत गर्दै आएकी स्मृति नृत्य तथा अभिनय कलामा अब्बल छिन् । गुल्मीको वामीका यी रायमाझी परिवार सांगीतिक क्षेत्रको भविष्य उज्वल देख्छन् ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D