gulminews logo
आईतवार, २०८१ बैशाख १६

नचिनेको मान्छेले दलित चेलीलाई गर्भवती बनायो, बिहे नहुँदै पेटमा ८ महिनाको बच्चा

टोपलाल अर्याल
गुल्मी, ३ चैत्र । घरमा कृष्ण दम्पतिको पाखुरो नचले आगो बल्दैन् । काम गर्ने भएकी जेठी छोरी गर्भवती । त्यो पनि अपरिचित व्यक्तिबाट । जसका कारण धुर्कोट गाउँपालिका ४ जैसीथोकको सिमाहाघाटमा बस्दै आएका कृष्ण परियारको परिवार पीडित बनेको छ । १८ बर्षीया बिष्णु परियारको बिहे भएको छैन । पेटमा आठ महिनाको बच्चा हुर्केको छ । खाने र जाने ठाउँको टुंगो छैन । त्यो बाहेक आराम र नियमित परिक्षण परको कुरा भए ।

काम खोज्न सदरमुकाम हुँदै वुटवलसम्म पुगेकी उनी गर्भवती भएर घर फर्किन् । बच्चा जन्मन महिना दिन पुरै छैन । तर पेटमा भएको गर्भका बिषयमा बिष्णु आफै अनबिज्ञ छन् । कार्तिकमा पेट दुखेर चेकजाँच गर्दा मात्रै बच्चा भएको पत्तो परिवारले पाए । त्यति बेला बच्चा पाँच महिनाको भइसकेको बुवा कृष्ण बहादुर परियारले बताए । बिष्णुले डोजर चालककले गर्भवती बनाएको बताउँछिन् । तर अहिले ती व्यक्ती सम्पर्कमा छैनन् । “बिहानै काम गर्न हिँडेको रात नपरी कहिल्यै फर्किएन, छोराछोरीको बारेमा सोच्ने फुर्सदै हुन्थेन”, कृष्ण बहादुरले भने, “कसको पेट बोकेर छोरी आई ।” उनीहरुले कामको शिलसिलामै बलिथुम छोडेको ६ बर्ष भए । खोला किनारको खेतको बिचमा बल्लबल्ल अडिएको एकछाले झुप्रो पनि स्थानीयले छोड्न आग्रह गरिरहेका छन् । त्यसैले अहिले कृष्णले ससुरालीको जग्गामा सानो झुपडी बनाउन थालेका छन् । त्यो पनि ठ्याउने उपाय नभएको छिमेकी दान बहादुर परियारले बताए । उनले बस्ने बास र खाने गास नभएको परिवारमा छोरीको त्यो अवस्थाले झनै पीडा थपेको बताए ।

गर्भवती बनेकी बिष्णु परियार र उनको खोला किनारको घर ।

‘घरकाले छोरी बोकेर न्याय खोज्ने की हातमुख जोर्न काम खोज्ने,’उनले भने,‘सहयोग गर्ने कोहि पनि छैनन् ।’ गर्भावस्थामा सामान्यतय चार पटक गर्भ जाँच गर्नुपर्छ । उनी अहिलेसम्म एक पटक बाहेक अस्पताल पुगेकी छैनन् । सात महिनादेखि बिक्षिप्त बनेर घरमै बसेकी उनले दिन एक पटक पनि राम्रोसंग खान पाएकी छैनन् । खोला किनारको चिसो सिरेठो । टीनको छाप्रो भित्रको जीवन । बिष्णुका कलेटी परेका ओठले मिठो मसिनो छोएका छैनन् । सजिलो बिस्तारामा ज्यानले आराम नपाएकै महिनौ भए । अहिलेसम्म छोरीले को भनेर नभनेका कारण आफुहरुले अरु कुनै कानुनी उपचार खोज्न नसकेको आमा सिता परियारले गुनासो गरिन् ।

‘मलाई समेत केहि भन्दैन, रिसाउने र झर्कने बाहेका केहि छैन बरु बच्चा खोलामा फाल्दिने वा आत्महत्या गर्ने धम्की दिने गर्छ,’उनले भनिन,‘आफ्नै छोरी मुर्ख भएपछि के गर्ने ।’ बिपन्न परिवारको त्यो अवस्था सामाजिक संजालमा आएपछि उद्धार गरेर स्वास्थ्य परिक्षण तथा स्याहार–सुसारको कोशिस भइरहेको छ । ‘आमासंगै भोली जन्मने बच्चाको समेत चिन्ताको बिषय बन्यो,’ दलित अधिकारकर्मी कमला बरालले भनिन्, ‘अन्य कुनै दुर्घटना हुन नदिन पनि सदरमुकाम ल्याएर कानुनी उपचार र अन्य सहयोग गर्नुपर्छ ।’

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D