gulminews logo
शनिबार, २०८१ बैशाख १५

धुर्कोटमा अब चैते दशैमा पनि सराएँ खेलिने

प्रेम सुनार
गुल्मी, चैत्र ९ । वाईसे चौविसे राज्यकालमा गुल्मीका प्रशिद्ध कोटहरु मध्येको एक धुर्कोट कोटमा अहिले सम्म बडा दशैंमा मात्र सराएँ नाच खेलिदै आएकोमा यस वर्ष देखि चैते दशैमा पनि सराएँ खेलिने भएको छ । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलल जानकारी दिए ।

जिल्लाभर चैते दशैंमा सराएँ नाच पहिलो हो, पोखरेलले भने चैत्र ११ गते भव्य सराएँ नाच हुने भएकोले सम्पुर्ण गुल्मेली र छिमेकी जिल्लावासीको सहभागिताका लागि हामी आमन्त्रण गर्दछौं । उनले यस वर्ष मात्र नभएर अव देखि बडा दशैंम झै हरेक चैते दशैमा सराएँ नाच्ने निर्णय भएको जानकारी दिए ।

चैत्र ४ गते देखि त्यस कोटमा सुरु भएको श्रीमद्भागवत धुर्कोट धार्मिक महोत्सव चैत्र १० गते समापन हुने छ र अर्को दिन ११ गते धुर्कोटवासी सराएँ खेल्ने छन् । गाउँपलिका प्रमुख पोखरेलका अनुसार आज छैठौं दिन सम्म महोत्सवमा ६१ लाख संकलन भई सकेको छ ।

उप प्रमुख शिवबहादुर खत्रीका अनुसार युवा तथा वाचन सम्राट भिमकान्त पन्थीले श्रद्धालु भक्ताजनहरु तान्न सफल भएका छन र उनको प्रवचनबाट दानविरहरु दिन प्रति दिन बढ्दै गएका हुने ।

त्यस गाउँपालिको पर्वद्धन र वडा नम्वर ६ , धुर्कोटरजस्थलको आयोजनामा महोत्सव सञ्चालन भएको हो । उक्त महोत्सवबाट करिव एक करोडको लक्ष्या राखिएको र करिव पुरा हुने पनि देखिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D