gulminews logo
शनिबार, २०८१ जेष्ठ ५

धुर्कोट १ मा एमाले-माओवादीको प्यानल नै विजयी

हुमाकान्त पोखरेल
गुल्मी, ०१ जेठ । धुर्कोट गाउँपालिका वडा नम्बर १ नयाँगाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका चेतमान कुँवर एक हजार सात मतका साथ वडाध्यक्षमा निर्वाचित भए । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका कमल थापाले ५६२ मत ल्याएका छन् ।

अघिल्लो निर्वाचनमा थापा वडाध्यक्ष हुँदा उनकै प्यानलबाट कुँवर वडासदस्य भएका थिए । यसपालि भने कुँवरले थापालाई पराजित गरेका छन् । नयाँगाउँमा कुल एक हजार ६६७ मत खसेको थियो । जसमा १२ मत भएको थियो । नयाँगाउँमा एमाले–माओवादीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका भुपाल पोखरेललाई ९५३ र उपाध्यक्षमा एमालेकी सीता गिरीलाई एक हजार ३ मत प्राप्त भएको छ ।

त्यस्तै काँग्रेस–समाजवादीसहितको चार दलीय गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार महेन्द्र भण्डारीले ५०६ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेदवार एकीकृत समाजवादीका चन्द्र सुनारले ३५८ मत प्राप्त गरेका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D