gulminews logo
शनिबार, २०८१ बैशाख १५

धुर्कोट गाउँपालिका जनप्रतिनिधी र कर्मचारीलाई, मैनबत्ती समातेर सपथ खुवाईयो

हुमाकान्त पोखरेल
१७ पुस, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीलाई स्थानिय सरकार संचार सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । तालिमको आइतबार जिल्ला समन्वय समितिका अध्यक्ष लक्षमण पराजुलीले उद्घाटन गरे ।

तालिममा जनप्रतिनिधि र कर्मचारी सबैले हातमा मैन बत्ति बालेर एक मिनेट धैर्य समेत गरेका थिए । जनप्रतिनिधिले निर्वाचनका बेला जनतासामु गरेका प्रतिबद्धता र कर्मचारीले जागिर खाँदा गरेका प्रतिबद्धताहरु सम्झिदै मैनबत्तिजस्तै आफू जलेर अरुलाई उज्यालो दिन सक्ने उदेश्यले हातमा मैनबत्ति बालिएको प्रवक्ता कविता विकले जानकारी दिइन् । त्यस्तै गाउँप्रमुख भुपाल पोखरेलले नमुना गाउँपालिका बनाउनको लागि गाउँपालिकाभित्रका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीलाई सपथ ग्रहण गराएका थिए ।

‘नेपालको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक अभ्यासमा निरन्तर लैजाने प्रण गर्दै समाजवाद उन्मुख कार्यमा आफ्नो कर्तब्यलाई दृढतापूर्वक लागिरहन प्रतिबद्ध रहदै अनुशानपूर्वक पालना गर्नेछौ ।’ शपथ ग्रहणमा भनिएको छ । तालिममा स्थानिय सरकार संचालनको तरिका, योजना छनोट, योजना अनुगमन र मूल्यांकन, योजनाको सम्झौता, कार्यलय संचालन प्रक्रिया, जनप्रतिनिधि र कर्मचारीको कार्यलयमा भूमिका, सिफारिस, बिवाहदर्ता, जन्मदर्ता जस्ता विषयरुमा जानकारी गराइनेछ । जनप्रतिनिधि र कर्मचारीलाई दिइने तालिम ३ दिनसम्म चल्नेछ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D