Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
धुर्कोट गाउँपालिकाको बजेट झन्डै ४३ करोड रुपैँया, चालुतर्फ २४ र पुँजीगततर्फ साढे १८ करोड रुपैँया - Gulminews

धुर्कोट गाउँपालिकाको बजेट झन्डै ४३ करोड रुपैँया, चालुतर्फ २४ र पुँजीगततर्फ साढे १८ करोड रुपैँया

हुमाकान्त पोखरेल
गुल्मी, १० असार । धुर्कोट गाउँपालिकाले अर्थिक बर्ष २०७६÷७७ को बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष शिव बहदुर खत्रीले ४२ करोड ७३ लाख २३ हजार बराबरको बजेट गाउँसभामा पेश गरेका हुन् । जसमध्ये चालुतर्फ २४ करोड चार लाख र पुँजीगततर्फ १८ करोड ६९ लाख २३ हजार विनियोजन गरिएको छ ।

बजेटमा कृषि, पूर्वाधार निर्माण, खरका छाना विस्थापन लगायतका विषयले प्राथमिता पाएका छन् । गाउँपालिकाले गौरवका आयोजनाको लागि ८५ लाख, गत आर्थिक बर्षमा सम्पन्न हुन नसकेका क्रमागत योजनाको लागि ५६ लाख, संघ, प्रदेश तथा विभिन्न दातृ निकायका लागि तीन करोड विनियोजन गरिएको छ । त्यस्तै गाउँपालिका भित्रका पूर्वाधार मर्मत सम्भारका लागि २७ लाख, कृषि, उद्योग, बाणिज्य, पर्यटन तथा सहकारीको लागि एक करोड ५७ लाख ३० हजार, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामाजिक समावेशीकरणको लागि दुई करोड ९८ लाख ९० हजार रुपैँया विनियोजन गरिएको छ ।

त्यस्तै पूर्वाधार विकासतर्फ तीन करोड १२ लाख ३३ हजार, वन तथा भू–संरक्षण, जलाधार लगायतका क्षेत्रमा ४२ लाख १० हजार, अन्तिम लेखापरिक्षणका लागि ९५ लाख ६० हजार विनियोजन गरिएको छ । गाउँपालिकाले प्रदेश सरकारकारबाट प्राप्त सर्शत अनुदानतर्फको ८० लाख तीनओटा योजनामा विनियोजन गरेको छ । जसमध्ये ठुलामुल लिफ्ट खानेपानी आयाजनाको लागि ४० लाख, हम्मरखोला ओख्रेनी–ओखलढुङ्गा लिफ्टिङ खानेपानीको लागि ३० लाख र कुटियाखर्क खेलमैदानको लागि १० लाख विनियोजन गरेको छ ।

त्यस्तै प्रदेश सरकारबाट समपुरक अनुदानतर्फको रकम छ वटा आयोजनामा विनियोजन गरिने भएको छ । जसमध्ये खाल खानेपानी योजना, ज्ञानोदय मावि भवन, धनमुडा नादि सडक, हिमालय मावि भवन, कोट क्षेत्र खानेपानी र गाउँपालिका प्रशासकिय भवन निर्माण सम्पन्न हुनेगरि बजेट विनियोजन गरिएको हो । संघिय सरकार समपुरक अनुदानबाट तीनओटा योजना सम्पन्न हुने भएका छन् । जसमध्ये बरारुख–नादि–हाडहाडे–लोहोरी सडक, डिठ्ठापोखरा–द्धानेटा सडक र उदिना नादि–बर्बोट सडक निर्माण हुने गाउँपालिका उपाध्यक्ष खत्रीले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । संघिय सरकारको विशेष अनुदानतर्फका याजनाबाट गाउँपालिकाका पाचँ योजना सम्पन्न हुने भएका छन् । जसमध्ये गाउँपालिकाको केन्द्रमा फोहोरमैला व्यवस्थापन, दलित तथा विपन्न विद्यार्थीहरुलाई शिक्षा र सरसफाई सम्बन्धि कार्यक्रम, धङधङे एक घर एक धारा खानेपानी आयोजना, भाटाखर्क बजार एक घर एक धारा खानेपानी आयोजना र घाटाखोला लिफ्टिङ खानेपानी आयोजना सम्पन्न हुने गाउँपालिका उपाध्यक्ष खत्रीले जानकारी दिए ।

उल्लेखित आयोजनाहरु गाउँपालिकाले आन्तरिक स्रोत, प्रदेश सरकार र संघिय सरकारबाट प्राप्त रकमले व्यवस्थापन गर्नेछ । जसमध्ये संघिय सरकारबाट वित्तिय समानिकरण अनुदान नौ करोड १३ लाख, संघिय सरकार शसर्त अनुदानतर्फ १८ करोड ७९ लाख, संघिय सरकारबाट राजस्व बाँडफाडँबाट छ करोड ९५ लाख प्राप्त हुनेछ । प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदानतर्फ ४१ लाख ४० हजार, सशर्त अनुदानतर्फ ८० लाख, राजस्व बाँडफाडँतर्फ ५९ लाख ८३ हजार तथा आन्तरिक राजस्वबाट ३३ लाख आम्दानि हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशिंराम पन्थीले बताए । संघिय सरकार समपुरक अनुदानतर्फ एक करोड ५० लाख, संघिय सरकार विशेष अनुदान एक करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदान ५२ लाख र यस आर्थिक बर्षको बैंक मोज्दात ७० लाख हुने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D